Logo

एक हप्ता नबित्दै यातायात विभागका महानिर्देशक दाहालको पुनः सरुवा, पुगे सुचना आयोग

एक हप्ता नबित्दै यातायात विभागका महानिर्देशक दाहालको पुनः सरुवा, पुगे सुचना आयोग



काठमाडौं । यातायात व्यवस्था विभागका महानिर्देशक कुमार दाहाल पुनः सुचना आयोगमा सरुवा भएका छन । अघिल्लो हप्तामात्रै मन्त्रिपरिषद बैठकले सरुवा गरेर विभागमा पठाएको उनलाई पुनः सुचना आयोग सरुवा गरिएको हो ।

laxmi

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलेपठाएको सरुवा पत्र आजै (सोमबार) आफुकहाँ आएको विभागका महानिर्देशक कुमार दाहालले बिजखबरलाई जानकारी दिए । उनका अनुसार विभागको महानिर्देशक पदमा हुँदा २ पटकसम्म आफुलाई सरुवा गरिएको छ ।

मन्त्रालयले सोमबार सरुवाको पत्र पठाएको र बुधबार आफुले विभागको उक्त जिम्मेवारी त्याग्ने महानिर्देशक दाहालले जानकारी दिए । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महाशेठ चुनीए यता विभागमा ३ जना महानिर्देशकको सरुवा भईसकेको छ । तर हाल महानिर्देशक रहेका दाहालको भने एक महिनामा २ चोटी सरुवा भएको छ ।

यसअघि मन्त्री महाशेठले रुपनारायण भट्टराई र लावण्ड्य कुमार ढकालको सरुवा भईसकेको छ । मन्त्रालयले यसअघि पनि हालका महानिर्देशक दाहाललाई सुचना आयोग सरुवा गरेको थियो त्यसको १ हप्तापछिमात्रै उनलाई फेरी सुचना आयोग नै सरुवा गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL