Logo

मौद्रिक नीतिको भोलिपल्टै सेयर बजारमा नकारात्म प्रभाव, नेप्से दोहोरो अंकले घट्दा सबै परिसुचकमा गिरावट

मौद्रिक नीतिको भोलिपल्टै सेयर बजारमा नकारात्म प्रभाव, नेप्से दोहोरो अंकले घट्दा सबै परिसुचकमा गिरावट



काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको भोलिपल्टै सेयर बजारमा नकारात्मक प्रभाव परेको छ । यस अघि दैनिक जसो सामान्य रुपमा घटबढ भइरहेको नेप्से परिसुचकमा बिहीबार दोहोरो अंकले गिरावट आएको छ ।

बजार खुलेदेखि नै ओरालो लागेको नेप्से परिसुचक अन्तमा १४ दशमलव १५ अंकले घट्न पुगेको छ । जसमा सबैभन्दा बढि निर्जीवन बीमा समुहको परिसुचक ८४ अंकले घट्दा जिवन बीमा समुहको परिसुचकमा ५४ अंकको गिरावट आएको छ ।

यसैगरी बजारमा सबैभन्दा प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचकमा पनि दोहोरो अंकको गिरावट आएको छ । बैंकिङ समुहको परिसुचक १२ दशमलव ५६ अंकले घट्दा होटल ३३ र विकास बैंक समुहको परिसुचकमा १८ अंकको गिरावट आएको छ ।

दोहोरो अंकले बढेको बजारमा अघिल्लो दिनको तुलनामा कारोबार रकममा भने केही सुधार आएको छ । बुधबार ४४ करोड रुपैयाँको सेयर कारोबार भएकोमा बिहीबार ५५ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ । जसमा १ सय ७१ कम्पनीको २१ लख ९१ कित्ता सेयर कारोबार भएको छ ।

बिहीबार सबैभन्दा बढि प्रभु बैंकको सेयर कारोबार भएको छ । प्रभुको ६ करोड १७ लाख रुपैयाँको सेयर कारोबार हुँदा दोस्रोमा कृषि विकास बैंकको ४ करोड १८ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL