Logo

सबै यातायात समितिहरु आजैदेखि कम्पनीमा रुपान्तरित, मन्त्री महासेठले गरे ऐतिहासिक रुपान्तरण कार्यक्रमको उद्घाटन

सबै यातायात समितिहरु आजैदेखि कम्पनीमा रुपान्तरित, मन्त्री महासेठले गरे ऐतिहासिक रुपान्तरण कार्यक्रमको उद्घाटन



काठमाडौैं । समितिमा आवद्ध देशभरका यातायात व्यवसायी संघसंस्थाहरु कम्पनीमा दर्ता भएपछि आजैदेखि सबै कम्पनीमा रुपान्तरित भएका छन । नेपाल यातायात व्यबसायी राष्ट्रिय महासंघले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै ऐतिहासिक रुपान्तरण भएको घोषणा गरेको हो ।

नेपालमा भएका सबै समितिहरु कम्पनी प्रालिमा रुपान्तरित भएपछि उक्त कार्यक्रमको आयोजना गर्दै घोषणा गरिएको महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए । उनले आजैदेखि सबै समितिहरु कम्पनीमा रुपान्तरण भएको घोषणा गरेका हुन ।

यातायात समितिहरु कम्पनीमा रुपान्तरण भईसकेपछि कम्पनीको नाममा लेटरप्याड, लोगो लगायतका सामग्री हुनेछन । २०७४ सालमा यातयात व्यवस्था विभागका तत्कालीन महानिर्देशक रुपनारायण भट्टराईले सबै यातायात समितिहरुलाई कम्पनीमा रुपान्तरण गर्न आदेश दिएपछि ३ पटकको समय थप पस्चात सबै समितिहरु कम्पनीमा रुपान्तरण भएका हुन ।

शुक्रबार भएको ऐतिहासिक रुपान्तरण कार्यक्रमको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महाशेठले उद्घाटन गरेका हुन । अब सबै यातयात कम्पनीहरु आजैदेखि कम्पनीको रुपमा काम गर्ने भएका महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL