Logo

साझा यातायातलाई विद्युतीय बस किन्न सरकारले दियो ३ अर्ब, ५ बर्षमा २० प्रतिशत विद्युतीय सवारीसाधन

साझा यातायातलाई विद्युतीय बस किन्न सरकारले दियो ३ अर्ब, ५ बर्षमा २० प्रतिशत विद्युतीय सवारीसाधन



काठमाडौं । सरकारले साझा यातायातमा थप ३ अर्ब लगानी गरेको छ । साझा यातायातलाई विद्युतीय बस खरिद गर्नका लागि सरकारले ३ अर्ब रुपैयाँ दिएका हो । सरकारले सार्वजनिक यातायातमा विद्युतिय बसलाई प्राथमिकता दिने भन्दै साझा यातायात सहकारी संस्थालाई ३ अर्ब रुपैयाँ दिएको हो ।

साझा यातायातले उक्त रकम बाट ३ सय विद्युतिय बस किन्ने भएको छ । पछिल्ला मन्त्रिपरिषदका निर्णयहरु सुनाउँदै सरकारका प्रवक्ता एवं सुचना तथा संचार प्रविधि मन्त्री गोकुल बास्कोटाले साझा यातायातलाई उक्त रकम दिएको जानकारी दिएका हुन ।

सरकारले सेयर लगानीका रुपमा ३ सय बस खरिद गर्नका लागि साझालाई उक्त रकम दिएको उनले जानकारी दिएका हुन । साझा यातायातले भने सरकारबाट उक्त रकम पाईसकेको जानकारी दिएको छ । साझाले बुधबार नै उक्त रकम पाईसकेको साझा यातायात स्रोतले जानकारी दिएको छ ।

सरकारले आगामी ५ बर्षमा कम्तीमा २० प्रतिशत विद्युतीय सवारीसाधनमा रुपान्तरण गर्ने लक्ष्य लिएको छ । केहि समय अघि विद्युतीय बस खरिदका लागि ३ नम्वर प्रदेशले साझा यातायातलाई ३० करोड रुपैयाँ दिएको छ भने ललितपुर महानरगपालिकाले डेढ करोड रुपैयाँ दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL