Logo

सरकारले बढायो सार्वजनिक यातायातको भाडा, हेर्नुहोस यस्तो छ नयाँ भाडादर

सरकारले बढायो सार्वजनिक यातायातको भाडा, हेर्नुहोस यस्तो छ नयाँ भाडादर



काठमाडौं । सार्वजनिक सवारीसाधनको भाडादर वृद्धि भएको छ । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडादर समायोजन गर्दै वृद्धि गरेको हो ।

विभागले काठमाडौं उपत्यकाभित्र चल्ने विभिन्न सार्वजनिक सवारीसाधनको हकमा १२ प्रतिशत भाडादर वृद्धि गरेको छ । याताायात व्यवस्था विभागले असार १ गतेदेखि लागु हुनेगरी सार्वजनिक सवारीसाधनको भाडादर वृद्धि गरेको जानकारी दिएको छ ।

सार्वजनिक सवारीसाधनका सरोकारवालाहरुसँगको छलफलमा बैज्ञानिक तरिकाले भाडादर बढाउने निर्णय अनुसार सवारीसाधनको भाडा बढाईएको विभागले जानकारी दिएको छ ।

अघिल्लो बर्षको असोजमा मात्रै लामो रुटका सार्वजनिक सवारीसाधनको भाडादर १२ प्रतिशतले बढाएको विभागले असार १ गतेदेखि लागु हुनेगरी पुनः १० देखि १२ प्रतिशतसम्म भाडादर बढाएकोे छ ।

बैज्ञानिक भाडादर वृद्धि अन्तर्गत तेलको मूल्यवृद्धि, सवारीसाधनको पार्टपुर्जाको मूल्य लगायतका विषयलाई हेरेर भाडादर बढाईने गरिएको विभागले जानकारी दिएको छ ।

हाल काठमाडौं उपत्यकामा चल्ने सवारीसाधनको न्यूनतम भाडादर १४ रुपैयाँ रहेकोमा असार १ गतेदेखि भने १६ रुपैयाँ तिर्नुपर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL