Logo

नेपालमा सार्वजनिक भयो अप्रिलिया स्ट्रोम, बजारमूल्य २ लाख २४ हजार

नेपालमा सार्वजनिक भयो अप्रिलिया स्ट्रोम, बजारमूल्य २ लाख २४ हजार



काठमाडौं । अप्रिलिया कम्पनीको ‘अप्रिलिया स्ट्रोम’ स्कुटर नेपाली बजारमा सार्वजनिक गरिएको छ । दुगद ब्रदर्स एन्ड सन्सले बिहीबार एक कार्यक्रमको आयोजना गर्दै उक्त स्कुटर सार्वजनिक गरेको हो । रेसरहरुका लागि डिजाईन गरिएको उक्त स्कुटर आरामदायी सवारीका लागि उपयुक्त हुने कम्पनीले जानकारी दिएको छ ।

laxmi

कम्पनीका १ सय २५ सीसीको उक्त स्कुटरमा थ्रि भल्भ ईन्जिन जडान गरिएको छ । स्कुटरमा १२ ईन्चको फराकिलो स्पोर्टस अलोय ह्विल राखिएको छ । कम्पनीले उक्त स्कुटर म्याट रातो र पहेँलो रङमा उपलब्ध गराएको छ ।

कम्पनीले उक्त स्कुटरको नेपालमा बजारमूल्य आगामी असारसम्मका लागि २ लाख २४ हजार ९ सय रुपैयाँ कायम गरिएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL