Logo

गैर कानूनी क्रियाकलाप बढेपछि ड्राईभिङ सेन्टरलाई पनि नियमन गरिँदै, मापदण्ड बनाउँदै विभाग

गैर कानूनी क्रियाकलाप बढेपछि ड्राईभिङ सेन्टरलाई पनि नियमन गरिँदै, मापदण्ड बनाउँदै विभाग



काठमाडौं । यातायात व्यवस्था विभागले ड्राईभिङ सेन्टरलाई समेत नियमन गर्ने भएको छ । पछिल्लो समय जथाभावी रुपमा ड्राइभिङ सेन्टर खुल्न थालेपछि विभागले सोको नियमन गर्न ऐन तथा नियमावली ल्याउन लागेको हो ।

सवारीसाधन अनुमतिपत्र लाईसेन्स प्राप्त गर्नका सवारीसाधन चलाउन सिकाउने ड्राईभिङ सेन्टरहरुलाई हालसम्म कुनै निकायले नियमन गरेको छैन । तर सो क्षेत्र अव्यवस्थित बन्दै गएपछि विभागले नियमनमा चासो देखाएको हो । विभागले अबका दिनमा सवारीसाधन नियमावलीमा ड्राईभिङ सेन्टरलाई मापदण्ड तोक्दै नियमन गर्ने भएको छ ।

हाल नेपालमा अवैधानिक रुपमा संचालनमा रहेका हजारौ ड्राईभिङ सेन्टरहरुको कुनै मापदण्ड समेत बनेको छैन । उक्त ड्राईभिङ सेन्टरहरुले कुनै ठाउँमा १५ सयमै मोटरसाईकल सिकाईदिन्छन भने कुनै ठाउँमा १५ हजारसम्म लिनेगरेको सम्बद्ध सेवाग्राहीहरु बताउँछन् ।

अहिले ड्राईभिङ सेन्टरहरुले कम्पनी रजिष्ट्रारको कार्यालयबाट दर्ता भएर मात्रै काम गरिरहेका विभागका महानिर्देशक कुमार प्रसाद दाहालले जानकारी दिए ।

उनका अनुसार कम्पनी रजिष्ट्रार कार्यालयबाट संचालनका लागि मात्रै अनुमती पत्र लिने र यसका मापदण्ड लगायतमा ध्यान नदिईँदा अवैधानिक तरिकाले सेवाग्राहीबा पैसा असुल्दै आएको समेत उनको भनाइ थियो । ‘हालसम्म हामीले उनीहरुलाई ब्यवसायको रुपमा मात्रै हेरेका थियौं,’ उनले भने, ‘अब त्यस्ता सेण्टरलाई पनि विभाग मातहतमा ल्याउनका लागि ऐन तथा नितिनियम बनाउन आवश्यक छ हामी चाँडैनै ल्याउने छौं ।’

प्रतिक्रिया दिनुहोस्
MBL