Logo

विदेश जाने नागरिकलाई सवारी लाईसेन्स दिन बन्द, विभागले जारी गर्यो सर्कुलर

विदेश जाने नागरिकलाई सवारी लाईसेन्स दिन बन्द, विभागले जारी गर्यो सर्कुलर



काठमाडौं । यातायात व्यबस्था विभागले छोटो समयका लागि विदेश जाने नागरिकका लागि छिटो लाईसेन्स दिन बन्द गरेको छ । यस अघि विभागले विदेश जाने नागरिकलाई अत्यावश्यक भएमा ट्रायल पास भएको २४ घण्टा भित्र सवारी साधन अनुमति पत्र (स्मार्ट लाईसेन्स) उपलब्ध गराउन सुरु गरेको थियो । तर छोटो समयका लागि घुम्न तथा भेटघाट गर्नका लागि मात्रै विदेश जानेहरुले पनि तीव्र लाईसेन्स माग गर्न थालेपनि विभागले यस्तो प्रक्रिया बन्द गर्न निर्देशन दिएको हो ।

laxmi

विभागले काठमाडौं भित्रका सुकेधारा, जगाती, ठुलोभर्याङ तथा उपत्यका बाहिरका विभिन्न कार्यालयबाट छोटो समयका लागि विदेश जानेलाई लाईसेन्स नदिन कडा निर्देशन दिएको छ ।

पछिल्लो समय उक्त व्यवस्था दुरुपयोग गर्दै छोटो समयावधिका लागि विदेश जाने सेवाग्राहीले पनि उक्त लाईसेन्स माग गर्दै भिड बढेका कारण बन्द गरेको विभागले जानकारी दिएको छ । यातायात व्यबस्था विभागले सुनसरी, ललितपुर, पर्सा, रुपन्देही, कास्की, झापा, धनुसा, सिराहा, बागलुङ, दाङ, बाँके, कैलाली तथा कन्चनपुर यातायात कार्यालयलाई उक्त लाईसेन्स रोक्नका लागि सुचना पठाईसकेको जानकारी दिएको छ ।

उक्त कार्यालयहरुलाई विभागले कुनैपनि हालतमा छोटो समयका लागि, पारिवारिक भेटघाट लागि विदेश जानेहरुका लागि लाईसेन्सको सिफारिस नगर्न निर्देशन दिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL