Logo

यातायात समितिलाई कम्पनीमा दर्ता हुने म्याद पुनः ५ दिन थप, दर्ता प्रक्रिया नै झन्झटिलो

यातायात समितिलाई कम्पनीमा दर्ता हुने म्याद पुनः ५ दिन थप, दर्ता प्रक्रिया नै झन्झटिलो



काठमाडौं । नेपाल यातायात व्यबसायी राष्ट्रिय महासंघले आफु अन्तरगत रहेका देशभरका यातायात समितिलाई कम्पनीमा दर्ता हुने म्याद ५ दिन थप गरेको छ । महासंघले आईतबार मात्रै देशभरका समितिहरुलाई ५ दिनभित्र कम्पनीमा दर्ता हुन समय दिएकोमा सो अवधिमा देशभरका समितिहरुको उत्साहजनक सहभागिता देखाएपनि सरकारी पक्षबाट सहजीकरण नभएकै कारण ढिलाई भएको भन्दै १४ गतेसम्मका लागि म्याद थपेको हो ।

‘देशभरका समितिहरुले सरकारको कदमलाई आत्मसात गर्दै कम्पनीमा दर्ता हुने चासो देखाएका छन,’ महासंघका महासचिव सरोज सिटौलाले भने, ‘दर्ता भईरहेको भएपनि सोही अनुसार कम्पनी दर्ता प्रक्रियामा सहजीकरण नभएकाले ५ दिन म्याद थपिएको छ ।’

समितिहरु कम्पनीमा दर्ता हुनका लागि राज्यका माथिल्लो निकायहरुले राम्रै कदम चालेपनि कम्पनी रजिष्ट्रार कार्यालय लगायतका तल्ला निकायहरुले दर्ता हुनेबेला दुख दिएको समेत महासचिव सिटौलाले जानकारी दिए ।

‘हामी त सरकारले उठाएका हरेक कदममा साथ दिन तयार छौं,’ उनले भने, ‘तर सरकारले पनि हाम्रो लागि सोही अनुसारको सहजीकरण गरिदिए हुन्थ्यो ।’ सरकारले समितिहरुलाई कम्पनीमा दर्ता हुनका लागि जेठ १८ गतेसम्मको म्याद दिएको भएपनि उक्त म्यादभन्दा अघि नै समितिहरुलाई कम्पनीमा दर्ता गर्न महासंघ लागिपरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL