Logo

सातौं फर्निचर तथा फर्निसिङ एक्स्पो भदौ २५ बाट सुरु हुँदै, बार्षिक ४० अर्बको कारोबार

सातौं फर्निचर तथा फर्निसिङ एक्स्पो भदौ २५ बाट सुरु हुँदै, बार्षिक ४० अर्बको कारोबार



काठमाडौं । फर्निचर तथा फर्निसिङ एक्स्पो फर्नेक्स आगामी भदौको अन्तिम साता काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ ।

नेपाल फर्निचर तथा फर्निसिङ संघले विगत ६ बर्षदेखि फर्निचर तथा फर्निसिङ एक्स्पो आयोजना गर्दै आईरहेको छ । सातौं संस्करणको एक्स्पो आगामी भदौ २५ देखि २९ गते सम्म संचालन हुने आयोजकले जानकारी दिएको छ ।

उक्त मेलामा किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायतका सामग्री प्रदर्शनीमा राखिने भएको छ ।

त्यस्तै कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निचर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै वास्तुसँग सम्बन्धित उत्पादनहरु समेत मेलामा राखिन भएको छ ।
मौलिक तथा परम्परागत फर्निचरका साथै आधुनिक शैलीका फर्निचरका उत्पादनका बारेमा जानकारी लिन सेवाग्राहीलाई सो मेला उचित गन्तव्य हुने संघका अध्यक्ष रुपेश प्रधानले बताएका छन ।

५ दिनसम्म चल्ले सो मेलामा स्वदेशी तथा विदेशी गरी १ सय ५० स्टल रहनेछन । नेपालमा उपलब्ध फर्निचर तथा फर्निसिङका उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले सन् २०१२ देखि नियमित रुपमा उक्त मेला आयोजना हुँदै आएको छ ।

नेपालमा वर्षेनी फर्निचर तथा फर्निसिङका उत्पादनहरुको ४० अर्ब रुपैंया बराबरको कारोबार हुने गरेको छ । जसको झण्डै ५० प्रतिशतभन्दा बढी विदेशी फर्निचर आयात भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL