Logo

सिजीले ल्यायो गर्मी लक्षित फ्यान र कुलर, यस्ता छन विशेषता

सिजीले ल्यायो गर्मी लक्षित फ्यान र कुलर, यस्ता छन विशेषता



काठमाडौं । सिजीले विभिन्न प्रकारका फ्यान र कुलरहरु हालै बजारमा ल्याएको छ । कम्पनीले बढ्दो गर्मीलाई मध्येनजर गर्दै सिलिङ, टेबल, स्टाण्ड र अल पर्पोज फ्यानहरु नेपाली बजारमा ल्याएको छ ।

कम्नपीले ल्याएका उक्त सिलीङ फ्यान विभिन्न स्वरुप र रंगहरुमा उपलब्ध भएको कम्पनीले जानकारी दिएको छ । कम्पनीको फ्यानमा यसमा प्रयोग गरिएको ब्लेडहरु आकर्षक डिजाईन र रंगहरुमा उपलब्ध भएको र गति अरु फ्यानको तुलनामा बढी रहेको कम्पनीले जानकारी दिएको छ । यस्तै कम्पनीले ल्याएको स्टाण्ड फ्यानहरु पनि विभिन्न आकर्षक रंगहरु र डिजाईनमा उपलब्ध छन जसमा रिमोट पनि भएकोले सजिलै चलाउन सकिनेछ ।

कम्पनीले विभिन्न मोडलहरु र सस्तो बजेटमा कुलरहरु पनि ल्याएको छ । कुलरमा आईस च्याम्बर, पावरफुल मोटर, बढी क्षमताको पानी ट्याङकी जस्ता अरुपनि धेरै विशेषताहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL