Logo

टिसीएल ब्राण्ड बन्यो विश्वकै दोस्रो ठुलो टिभी ब्राण्ड, नेपालमा गुगल टिभी उपलब्ध

टिसीएल ब्राण्ड बन्यो विश्वकै दोस्रो ठुलो टिभी ब्राण्ड, नेपालमा गुगल टिभी उपलब्ध



काठमाडौं । टिसीएल ब्राण्ड विश्वकै दोस्रो ठुलो टिभी ब्राण्ड बनेको छ । कम्पनीले नयाँ आयाम र उत्पादनहरुको डिजाईन थप्न सँधै अग्रसर ब्राण्डलाई आईएमएस प्रमाणित गरिएको हो ।

कम्पनीले २० ईन्चदेखि ६५ ईन्चसम्मका टिभी उपलब्ध छन । नेपालमा भने कम्पनीले गुगल एन्ड्रोईड टेलिभिजन पनि भित्र्याएको छ । कम्पनीले नेपालमा आफ्ना टिभी, एसी तथा कम्प्रेसरमा ५ बर्षको वारेन्टी प्रदान गर्दै आइरहेको छ ।

स्मार्ट टिभीको उत्पादन ९० को दशकमा भएको पाईन्छ, तर स्मार्ट टिभी के हो यकिन व्याख्या भने कसैले गरेको देखिदैन । टिभीमा ईन्टरनेटको प्रयोग गर्न मिल्ने र विभिन्न सञ्जालहरु चलाउन मिल्ने हुँदा स्मार्ट भनिएको हो ।

अन्र्तराष्ट्रिय मान्यता प्राप्त, विश्वको तेस्रो ठूलो टिभी ब्राण्ड कम्पनि टिसीएल कोे आफ्नो ग्राहक माझ नयाँ नयाँ उत्पादनले आफ्नो ग्राहकको आकर्षक बढाएको छ । यही उत्पादनको क्रमलाई निरन्तरता दिदै, स्मार्ट टिभी पनि उत्पादन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL