Logo

हुवावे पी सिरिजका स्मार्टफोन नेपाली बजारमा सार्वजनिक, २९ गतेदेखि बिक्री सुरु

हुवावे पी सिरिजका स्मार्टफोन नेपाली बजारमा सार्वजनिक, २९ गतेदेखि बिक्री सुरु



काठमाडौं । नेपाली बजारमा हुवावेको पी ३० सिरिज अन्तर्गतका स्मार्टफोनहरू सार्वजनिक गरिएको छ । आईतबार एक कार्यक्रमका बीच कम्पनीका पी ३० सिरिजका स्मार्टफोनहरू पी ३०, पी ३० प्रो र पी ३० लाईट सार्वजनिक गरिएको हो ।

laxmi

कम्पनीले नेपाली बजारमा सार्वजनिक गरेका उक्त फोनहरु भने बजारमा चैत २९ गतेपछि बिक्री वितरण सुरु हुने भएको छ । कम्पनीले सोमबार मात्रै नेपाली बजारमा सार्वजनिक गरेका उक्त फोनहरुका हुवावे पी ३० प्रो को मूल्य १ लाख १९ हजार ९ सय रुपैयाँ तोकेको छ ।
यस्तै अर्काे फोन पी ३० को मूल्य भने ८४ हजार ९ सय रूपैयाँ रहेको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले पी ३० लाईट को मूल्य ३९ हजार ९ सय ९० रूपैयाँ पर्ने उक्त फोनहरुको अग्रिम बुकिङ बुधबारबाट सुरु हुने भएको छ ।

पी ३० सिरिजका स्मार्टफोनहरू शून्य ब्याजदरमा खरिद गर्न कम्पनीले नबिल बैंक, माछापुच्छ्रे बैंक, मेघा बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक, ग्लोबल आईएमआई बैंक, सेन्चुरी बैंक, एनआईसी एसिया, एनएमबी बैंक, र नेपाल इन्भेस्टमेन्ट बैंकसँग सहकार्य गरेको छ ।

उक्त फोनहरुमा फोटोग्राफी र डिजाइनमा ह्वावे पी सिरिज डिएनएमा आधारित रही निर्माण गरिएको छ र कम्पनीकै सबैभन्दा अत्याधुनिक सिरिजको स्मार्टफोन क्यामरा जडान गरिएको कम्पनीले जानकारी दिएको छ ।

यी स्मार्टफोनहरूमा नवीनतम ह्वावे सुपरस्पेक्ट्रम सेन्सर, एनपटीकल सुपरजुम लेन्स र ह्वावेको नयाँ टाइम अफ फ्लाइट (टीओएफ क्यामरा), स्तरोन्नति गरिएको अप्टिकल र एआई स्टेबलाइजेसन प्रविधि जडान गरिएको छ । यी परिवर्तनकारी प्रविधिहरूसँगै हुवावे पी ३० र ह्वावे पी ३० प्रो मा अविश्वसनीय तस्वीरहरू र भिडियोहरू खिच्ने गर्दछ ।

डीएक्सओ मार्क स्कोरमा कीर्तिमानी ११२ अंक ल्याएको हुवावे पी ३० प्रो मा नया लाइका क्वाड क्यामरा प्रणाली रहेको छ साथै ह्वावे सुपरस्पेक्ट्रम सेन्सर भएको ४० एमपीको मुख्य क्यामरा, २० एमपीको अल्ट्रावाइड एंगल, ८ एमपीको टेलिफोटो क्यामरा, ह्वावे टिओएफ क्यामरा र उत्कृष्ट सेल्फीहरू खिच्ने ३२ एमपीको फ्रन्ट क्यामरा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL