Logo

प्रधानमन्त्रीले भने, ‘कहाँ के सुधार गर्नुपर्छ भन्नुस म तयार छु तर समृद्धि हासिल गर्न सबै एकजुट हुुनुपर्छ’

प्रधानमन्त्रीले भने, ‘कहाँ के सुधार गर्नुपर्छ भन्नुस म तयार छु तर समृद्धि हासिल गर्न सबै एकजुट हुुनुपर्छ’



काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले अबका दिनमा देशलाई आर्थिक समृद्धितर्फ लैजान वैदेशिक लगानी आवश्यक भएको बताएका छन् ।

‘देशमा राजनीतिक अस्थिरता सकिएको बताउँदै अब राज्यको सम्पूर्ण ध्यान आर्थिक विकासमा केन्द्रित गरिनेछ,’ नेपाल उद्योग वाणिज्य महासंघले भृकुटीमण्डपमा आयोजना गरेको ‘नेपाल इन्टरनेश्नल ट्रेड फेयर २०१९’ लाई सम्बोधन गर्दै उनले भने, ‘यसको लागी निजी क्षेत्र र सरकारबीच हातेमालो गरेर अघि बढ्नु पर्छ ।’

देशमा विदेशी लगानी भित्र्याउनकै लागि अन्तरराष्ट्रिय लगानी सम्मेलन गर्न लागेको उनले जानकारी दिए । साथै नेपालको उर्वरा भुमि, श्रोत साधन परिचालन गरेर देश निर्माणमा लाग्न समेत सबैलाई आग्रह गरेका छन । ‘देश निर्माणमा आफुसँग भएको श्रोत साधन र पूँजीले मात्रै नपुग्ने त्यसैले वैदेशिक लगानी भित्र्याउँदैछौं,’ उनले भने, ‘तर, पहिलो प्राथमिकता देशको श्रोत साधनको हुनेछ ।’

वैदेशिक लगानी भित्र्याउन त्यसका लागि सुरक्षित वातवरण र कानुन समेत परिवर्तन गरेको र विभिन्न देशहरुसँग दोहोरो कर प्रणालिमा समेत सम्झौता गरेको जानकारी दिएका छन । ‘पुरानो समस्या सम्झेर हुँदैन नयाँ युग अनुसार चल्नकै लागि लगानी मैत्री वातवरण बनाएका छौं,’ उनले भने, ‘नेपाल भर्जिन ल्याण्ड हो लगानीको लागि उपयुक्त छ तपाईहरु लगानी गर्नुहोस त्यसका लागि सरकार सहकार्य गर्न तयार छ ।’

सरकार निजीक्षेत्र र वैदेशिक लगानी दुबैसँग सहकार्य गरी अघि बढ्न तयार रहेको बताउँदै प्रम ओलीले भने, ‘मैले कहाँ के सच्याउनु पर्ने हो म सच्याउन तयार छु किन भने हामी राष्ट्र निर्माणको महाअभियानमा छौं ।’ समृद्धि हासिल गर्न सबै एकजुट हुनुपर्छ ।

प्रम ओलीले लगानी सम्मेलनको बेला आयोजना भएको यस मेलाले नेपाली उत्पादनको प्रचार प्रसार हुनुका साथै यस्ले सामिप्यता पनि ल्याउने बताएका छन । चीन, भारत, नेपाल, बंगलादेश र पाकिस्तान लगायतका २ सय २५ स्टल रहने सो मेला चैत १४ गते देखी १८ गते सम्म रहने आयोजक दिल सुन्दर श्रेष्ठले जानकारी दिएका छन ।

उनका अनुसार चीनको ९०, बंगलादेशको ४०, पाकिस्तानको २ भारतको १० र बाँकी स्टल भने नेपालको रहने छ । ५ दिन सम्म चल्ने सो मेलामा हस्तकला, पर्यटन, सुचना प्रविधि एवं व्यवसािियक सुचना, कृषि उत्पदन, उर्जा भवन तथा निर्माण सम्वन्धी लगायतका छुट्टा छुट्टै स्टल रहने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL