Logo

अब एकै क्लिकमा दराजको विक्रेता बन्न सकिने, यस्तो छ प्रक्रिया

अब एकै क्लिकमा दराजको विक्रेता बन्न सकिने, यस्तो छ प्रक्रिया



काठमाडौं । अब एकै क्लिकमा ईकमर्स दराजको विक्रेता बन्न पाईने भएको छ ।
कम्पनीका अनुसार अब दराजका उपभोक्ताहरुले इन्टरनेट र फोन अथवा कम्प्यूटरको सहायताले दराजको विक्रेता बन्न सकिने भएको हो ।

laxmi

कम्पनीको एक निश्चित लिंक खोलेर त्यहाँ दिएको भिडियो टुटोरियलका आधारमा उक्त काम गर्न सकिने छ । कम्पनीको उक्त लिङ्क खोलेर कम्पनीका सामानहरु बेच्न, सुचि बनाउन, सामानको अर्डर गर्न लगायतका कामहरु गर्न सकिने दराजले जानकारी दिएको छ । कम्पनीले आफ्नो विक्रेता बन्नका लागि ‘युनिभर्सिटी डट दराज डट कम डट एनपी’ लिङ्क उपलब्ध गराएको छ ।

दराज बिक्रेता बनेर आफ्नै अनलाइन पसल खोल्न सकिने कम्पनीले जानकारी दिएको छ ।
दराज सगँ उपयुक्त एक्सपोज्यरपाई नेपालका हरेक कुनामा रहेका उपभोक्ताहरु सामु आफ्नो पहुँच पु¥याइ व्यापार बढाउन सकिने पनि कम्पनीले जानकारी दिएको छ ।

दराजले एकै छाना मुनि सयौं लोकप्रीय ब्राण्ड्हरुका उत्पादनहरुलाई इलेक्ट्रनिक्स्, घरेलु समान, खेलौना, फेशन, आदि जस्ता वर्गहरुमा वर्गीेकृत गरेर नेपालमा अनलाइन शपिङको नयाँ अवधारणा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL