Logo

ब्रोकरको अन्दोलनप्रति धितोपत्र बोर्डको गम्भिर ध्यानाकर्षण, छलफलबाटै समस्या समाधान गर्न आग्रह

ब्रोकरको अन्दोलनप्रति धितोपत्र बोर्डको गम्भिर ध्यानाकर्षण, छलफलबाटै समस्या समाधान गर्न आग्रह



काठमाडौं । नेपाल ब्रोकर एशोसिएशनले घोषणा गरेको अन्दोलनप्रति नेपाल धितोपत्र बोर्डले गम्भिर ध्यानाकर्षण गराएको छ । यही फागुन ७ गते बोर्डका अध्यक्ष डा. रेवतबहादूर कार्कीले अर्थ समितिको बैंठकमा बोलेको विषयमा आनावश्यक रुपमा लिएर ब्रोकरले आन्दोलनका कार्यक्रम घोषणा गरेपछि बोर्डले गम्भिर रुपमा ध्यानाकर्षण गराएको हो ।

अर्थ समितिको छलफलमा नियामक निकायको तर्फवाट वोर्डका अध्यक्षले धितोपत्र दलाल व्यवसायीहरु प्रतिस्पर्धी हुनुपर्ने, व्यवसायको पहँुच विस्तार गर्नुपर्ने लगायतका धितोपत्र व्यवसाय तथा वजार बिकास तथा विस्तारका सम्वन्धमा दिएको अभिव्यक्तिलाई धितोपत्र दलालले अनावश्यक रुपमा तोडमोड गरेपनि बोर्डले विज्ञप्ती नै जारी गरेर गम्भिर रुपमा ध्यानाकर्षण गराएको हो ।

साथै बोर्डले बजारको विकास र विस्तार तथा देखिएका समस्याहरुको समाधानको लागि सम्वद्धपक्षसँग छलफल तथा अन्तरक्रिया गरी कार्य अगाडि वढाउने वोर्डको अभ्यास रही रहेको भन्दै व्यवसायिक समस्याहरु रहे वोर्ड छलफलवाट त्यसलाई निराकरण गर्न सर्धै तत्पर रहेको समेत जानकारी दिएको छ ।

ब्रोकरले गर्नेे आन्दोलनले प्रत्यक्षरुपमा लगानीकर्ताहरुलाई असुविधा भई वजारमा अझ प्रतिकूल प्रभाव पर्ने तथा राष्ट्रिय विकासको कार्यमा समेत अवरोध हुने हुनाले सम्वन्धित पक्षहरुलाई संयमित भई आफ्नो व्यवसायिक मर्यादा कायम राखी पूँजी वजारको विकास र विस्तारमा सहयोग गर्नु हुन सम्वन्धित सबैलाई वोर्डले आग्रह गरेको छ ।

हाल पूँजी बजारका विविध पक्षहरुको सुधार र बिकास भइरहकोे र बोर्डलाई थप स्वायत्तता प्रदान गरी यसको काम कारवाहीलाई थप प्रभावकारी बनाउन नेपाल सरकारले धितोपत्र सम्वन्धी ऐन, २०६३ को संशोधन प्रक्रिया अगाडि वढाइसकेको समेत बोर्डले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL