Logo

एस्कर्टस्को हाइड्रा १५ ४ पि नेपाली बजारमा, यस्ता छन विशेषता

एस्कर्टस्को हाइड्रा १५ ४ पि नेपाली बजारमा, यस्ता छन विशेषता



काठमाडौं । आइएमई अटोमोटिभ्स प्रालिको आधिकारिक बिक्रेताले नेपालमा हाइड्रा १५ ४ पि क्रेनको बिक्री सुरु गरेको छ । आइएमई ग्रुप अन्तर्गतको अटोमोबाइल सेवा प्रदायक कम्पनी आईमइ अटोमोटिभ्सले उक्त क्रेन बिहीबार देखी बुटवलमा बिक्री सुरु गरेको हो ।

बिहीबार देखी बिक्री सुरु गरेको उक्त कार्यक्रममा कन्ट्रयाक्टर एसोसियसन रुपन्देहीका प्रेसिडेन्ट मोहन लाल जोशीले एस्कर्टस ब्रान्ड एसोसिएशनको लागि सँधै आफ्नो साथ रहने बताएका छन ।
हेभी उपकरणहरुका उत्पादन गर्ने लामो इतिहास बोकेको एस्कर्टसले मर्मत गर्न सहज हुने प्रकृतिका विविध विशेषता रहेको हाइड्रा १५ ४ पि बजारमा ल्याएको हो ।

उक्त क्रेन एप्लिकेसनको लागि प्रयोग हुने डिजाइनको ४९ दशमलब ५ एचपीको इन्जिन, ५ सय घन्टाको सर्भिस इन्टर्भल, रोप कम्पेन्सेसन सहितको ४ वटा पार्टस स्ल्टेड बुम, १२ टन क्षमताको ६ वटा फल विन्च, १५ मिटरको भर्टिकल उचाई, १ दशमलब ९ केएमपीएसको स्पिड तथा ८ एफ प्लस २ आरको गीचर बक्स रहेको छ ।

साथै इन्जिनको टिकाउका लागि प्रि एयर सिलिण्डर र सुख्खा प्रकारको ट्वीन फिल्टर एलिमेन्ट जडान हुनुका साथै उतकृष्ट कार्यसम्पादनका लागि हेभि ड्यूटी ब्याक इन्ड, हेभि ड्यूटी एस्बेस्टोस मुक्त क्लच प्लेट रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL