Logo

दराजको ब्राण्ड डे क्यालिबरको साथमा, हरेक उत्पादनमा १५ प्रतिशत छुट

दराजको ब्राण्ड डे क्यालिबरको साथमा, हरेक उत्पादनमा १५ प्रतिशत छुट



काठमाडौं । अनलाइन् शपिङ पोर्टल दराजले आफ्नो ब्राण्ड डे शृंखला नेपाली जुता ब्राण्ड क्यालिबरकोे साथमा गर्ने भएको छ ।

यही फेब्रुअरी १५ मा हुने उक्त शृंखलामा क्यालिबरकोे विभिन्न उत्पादनहरु मेन्स स्निकर्ज्, विमेन्स ट्रैनर्ज्, एन्कल बूट, फर्मल शूज, अलट्रा लाईट स्पोर्ट्स् सिरिज लगायतका जुताहरुमा विशेष छुट र अफर प्रदान गर्नेछ ।

एकदिनको लागि मात्र लागु हुने दराजको ब्राण्ड डे मा, नयाँ तथा पुराना उपभोक्ताहरुले क्यालिबरले ल्याएको उक्त अफरको फाईदा पलन सक्ने आयोजकले जानकारी दिएको छ ।

उक्त अवसरमा क्यालिबरको हरेक उत्पादनमा १५ प्रतिशतसम्मको न्यूनतम छूट रहेको छ । साथै उपभोक्ताहरुले २ हजार रुपैयाँ बराबरको आकर्षक भौचर जित्ने मौका समेत पाउने भएको छ । जसका लागि भने उपभोक्ताहरुले दराजमा क्यालिबरको स्टोर फलो गर्नुपर्नेछ हुन्छ ।

दराजको ब्राण्ड डे पहिलो फेब्रुअरी १, २०१९ क्लोभियाबाट सुरु भएको थियो । ब्राण्ड डे हरेक महिनाको १ र १५ गते आयोजना हुन्छ र २४ घण्टाको सिमित अवधिभित्र उपभोक्ताहरुले नाम चलेका प्रसिद्ध ब्राण्डहरु उपलब्ध हुनेछन ।

प्रतिक्रिया दिनुहोस्
MBL