Logo

चार्जिङ स्टेशन सहित नक्सालमा खुल्यो हुन्डाईको नयाँशोरुम, यस्ता छन विशेष्ता

चार्जिङ स्टेशन सहित नक्सालमा खुल्यो हुन्डाईको नयाँशोरुम, यस्ता छन विशेष्ता



काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि नेपालको आधिकारिक बिक्रेता हुन्डाई मोटरले नक्सालमा नयाँ शोरुम संचालनमा ल्याएको छ ।

नेपाली बजारमा बढ्दै गरेको हुन्डाईको माग पूरा गर्नुका साथै प्रिमियम विक्री सेवा प्रदान गर्नु उक्त शोरुमको मुख्य उद्देश्य रहेको कम्पनीले जानकारी दिएको छ ।

नेपालका लागि द रिपब्लिक अफ कोरियाका राजदूत पार्क योङ्ग–सिक, हुन्डाई मोटर कम्पनी, एसिया हेडक्वार्टर प्रमुख योङ्ग सुक ली तथा लक्ष्मी ग्रुपका अध्यक्ष गणेश बहादुर श्रेष्ठले उक्त शोरुमको संयुक्त उदघाटन गरेका हुन ।

उक्त शोरुमको डिजाइन हुण्डाईको न्यू ग्लोबल डिलरसिप स्पेश आईडेन्टिटीको निर्देशन अनुसार बनाइएको छ । जसमा ३२०० स्वक्वायर फिट गाडी डिस्प्ले एरिया र ६००० स्वक्वायर फिट भन्दा बढी ग्राहक लाउन्ज, विक्री सल्लाहकार कक्ष, सम्मेलन कक्ष आदि रहेको छ ।

विद्युतीय गाडीहरु चार्ज गर्दै पार्क गर्ने सुविधाका साथै अन्य गाडीहरु समेत पार्किङ्ग गर्न मिल्ने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL