Logo

भीभोले नेपालमा वाई सिरिजका नयाँ स्मार्टफोनहरु सार्वजनिक गर्दै, बजार मूल्य ३० हजार सम्म

भीभोले नेपालमा वाई सिरिजका नयाँ स्मार्टफोनहरु सार्वजनिक गर्दै, बजार मूल्य ३० हजार सम्म



काठमाडौं । भीभोले नेपाली बजारमा नयाँ ३ स्मार्टफोनहरु सार्वजनिक गर्ने तयारी गरेको छ । भीभोको वाई सिरिजमा वाई ९१ आई, वाई ९१ र वाई ९५ स्मार्टफोन सार्वजनिक गर्ने भएको हो ।

कम्पनीले बजेट र मिड रेन्जमा ल्याउने यी स्मार्टफोनहरुमा शक्तिशाली ब्याट्री प्याक राखिएको छ । भीभो वाई ९१ आई र वाई ९१ मा ६ दशमलब २२ इन्चको एचडी प्लस हालो फूलभ्यू डिस्प्ले छ भने १३ प्लस २ मेगापिक्सेलको ड्यूल रियर क्यामरा रहेको छ ।

फोनको पछाडि भागमा फिंगरप्रिन्ट सेन्सर रहेको उक्त फोन वाटरड्रप नोच डिजाइनमा आउनेछन् । हेलियो पी २२ अक्टा कोर प्रोसेसर रहेको यो स्मार्टफोन एन्ड्रोयड ८ दशमलब १ मा आधारि फनटच ४ दशमलब ५ ओएसमा संचालन हुने कम्पनीको दाबी रहेको छ ।

त्यस्तै वाई ९१ स्मार्टफोनमा सेल्फीका लागि ८ मेगापिक्सेलको फ्रन्ट क्यामराका साथै ४०३० एमएएचको ब्याट्री प्याक राखिएको छ ।
वाई ९१ आईमा २ जीबी र्याम र ३२ जीबी भण्डारण र वाई ९१ मा २ जीबी र्याम र ६४ जीबीको आन्तरिक भण्डारण क्षमता रहेको छ । यी दुबै स्मार्टफोनहरुको भण्डारण माइक्रो एसडी कार्डद्धारा बढाउन सकिनेछ ।

नेपाली बजार मूल्य भने वाई ९१ को २५ हजार रुपैयाँ र वाई ९१ आईको २० हजार रुपैयाँ भन्दा कम हुने कम्पनीले जानकारी दिएको छ । नेपाली बजारमा यी स्मार्टफोनहरु ओसियन ब्लू र स्टेरी ब्ल्याक कलर अप्सनमा आउने छन ।

त्यस्तै कम्पनीले क्वालकम स्न्यापड्रागन ४३९ अक्टा कोर प्रोसेसर भएको तथा ४ जीबी र्याम र ६४ जीबीको आन्तरिक भण्डारण हुने स्मार्टफोन सार्वजनिक गर्ने तयारी समेत गरेको छ ।

वाई ९५ नयाँ स्मार्टफोनमा सेल्फीका लागि २० मेगापिक्सेलको फ्रन्ट क्यामरा हुनेछ भने यस्को बजार मूल्य ३० हजार रुपैयाँ हुने कम्पनीको अनुमान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL