Logo

१५ करोडको सेयर बिक्री गर्दै चन्द्रागिरि हिल्स, साधारणसभामा प्रस्ताव पेश गर्ने

१५ करोडको सेयर बिक्री गर्दै चन्द्रागिरि हिल्स, साधारणसभामा प्रस्ताव पेश गर्ने


रासस
27
Shares

काठमाडौं । चन्द्रागिरि केबलकार सञ्चालन गरिरहेको चन्द्रागिरि हिल्स प्रालिले १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता साधारण सेयर (आईपीओ) बिक्री गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता सय रुपैयाँमा साधारण सेयर बिक्री गर्ने तयारी गरेको छ । कम्पनीले यही पुस ३० गते वार्षिक साधारणसभा आयोजना गरी उक्त साधारणसभामा साधारण सेयर बिक्रीका लागि विशेष प्रस्ताव प्रस्तुत गरिने छ ।

चन्द्रागिरि हिल्सका अध्यक्ष चन्द्रप्रसाद ढकालले साधारण सेयर बिक्रीका लागि प्रक्रिया अगाडि बढाइएको जानकारी दिएका छन । कम्पनीले चुक्ता पूँजी १ अर्ब ५० करोड रुपैयाँको १० प्रतिशतको दरले हुन आउने साधारण सेयर बिक्रीका लागि साधारणसभाले प्रस्ताव पारित गर्नेछ ।

विसं २०७३ देखि सञ्चालनमा आएको उक्त केबलकारले काठमाडौँ उपत्यकाको पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुर्याएको छ । चालू आर्थिक वर्षको बजेट वक्तव्यमा समेत १ अर्बभन्दा बढी लगानी भएका निजी तथा व्यावसायिक संस्थालाई साधारण सेयर बिक्री गरी लिमिटेड कम्पनीमा परिवर्तन गर्न प्रोत्साहन गर्ने नीति लिइएको छ ।

केबलकारमा आइएमई समूहलगायत अन्य व्यावसायिक समूहले लगानी गरेका छन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL