Logo

सिटीसी मोबाईल मेलाको समय थपियो, पुस १० गते सम्म चल्ने

सिटीसी मोबाईल मेलाको समय थपियो, पुस १० गते सम्म चल्ने



काठमाडौं । सिटीसी मल सुन्धारामा रहेको सिटीसी मोबाईल हबले सञ्चालन गरिरहेको मोबाइल एक्सचेञ्ज मेला क्रिसमससम्म चल्ने भएको छ ।

मेलामा ग्याजेट पारखीहरुको उल्लेखनिय सहभागिता बढेपछि मेला अवधि पुस १० गते क्रिसमससम्म थप गरिएको आयोजकले जानकारी दिएको छ ।

उक्त मोबाइल मेलामा आफुलाई मन परेको मोबाइल, ल्यापटप, क्यामेरा तथा एप्पलका आईफोन, आइप्याड, म्याक लगायतका उत्पादन किस्ताबन्दीमा किन्न पाउने समेत आयोजकले जानकारी दिएको छ ।

उक्त मेलामा मोबाईल एक्सचेञ्ज अफरका साथै एउटा मोबाइल किन्दा अर्को सित्तैंमा अफर मेलाको आकर्षण रहेकोे छ । ९ हजार ९ सय ९९ रुपैंयादेखि २ लाख ३४ हजार रुपैंयासम्मका मोबाइल किन्न सकिने हबमा ११ हजार रुपैंयादेखि ३ लाख १५ हजार रुपैंयासम्मका ल्यापटप, आइप्याड, म्याक बुक लगायतका सामान खरिद गर्न सक्ने आयोजकले जानकारी दिएको छ ।

मेलामा पुरानो मोबाईलको समेत उचित मूल्य पाउनुका साथै एक्सचेन्ज गर्न सक्ने ब्यास्था समेत रहेको मोबाईल हबका प्रबन्धक जीबन श्रेष्ठले जानकारी दिएका छन ।

पुस १० गते सम्म चल्ने उक्त मेलामा विश्व बजारमा पाईने सबै ब्राण्डका मोबाईल, ल्यापटप ,क्यामेरा, र म्याक किस्ताबन्दीमा किन्न सकिने श्रेष्ठले जानकारी दिएका छन ।

६० मिनटमा फेस टू फेस मोबाइल मर्मतको सेवा समेत रहेको छ भने मेला अवलोकनकर्तालाई लक्की ड्र मार्फत विभिन्न उपहार बितरण गर्ने आयोजकले जानकारी दिएको छ ।

मेलामा राखिएको गल्फमा ३ स्कोर गर्नेले मोबाइल किन्दा ५० प्रतिशत छुट पाउने छन् भने ४ स्कोर गर्नेले आफुले खरिद गरेको अर्को एउटा सामान सित्तैंमा पाउने छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL