Logo

मोबाईल तथा ल्यापटप मेला हुँदै, मोबाईलसँगै ल्यापटप पनि किस्ताबन्दीमा

मोबाईल तथा ल्यापटप मेला हुँदै, मोबाईलसँगै ल्यापटप पनि किस्ताबन्दीमा



काठमाडौं । सिटिसी मल सुन्धारामा मोबाईल तथा ल्यापटप मेला आयोजना हुने भएको छ । यही मंसिर २० गतेबाट आयोजना हुने उक्त मेलामा मोबाईलसँगै ल्यापटप, क्यमारा तथा आईफोन पनि अब किस्ताबन्दीमा पाईने भएका सिटिसी मोबाईल हबले जानकारी दिएको छ ।

मेलामा मोबाईल एक्सचेञ्ज अफरका साथै एउटा मोबाइल किन्दा अर्को एउटा सित्तैंमा अफर पनि आयोजना गर्ने भएको छ । मेलामा ९ हजार ९ सय ९९ रुपैंयादेखि २ लाख ३४ हजार रुपैंयासम्मका मोबाइल र ११ हजार रुपैंयादेखि ३ लाख १५ हजार रुपैंयासम्मका ल्यापटप, आइप्याड, म्याक बुक लगायतका सामान उपलब्ध रहेका छन ।

‘मेलामा जस्तो सुकै पुरानो मोबाईलको पनि उचित मुल्य पाउनुका साथै सट्टा पट्टा पनि गर्न सकिन्छ ।’ सिटीसी मोबाईल हबका प्रबन्धक जीबन श्रेष्ठले भने । ‘मेलामा विश्व बजारमा पाईने सबै ब्राण्डका मोबाईल, ल्यापटप ,क्यामेरा ,र म्याक किस्ताबन्दीमा किन्न सकिन्छ ।’

मेलामा विशेष छुटमा ग्याजेट्स किन्न सकिनेछ । ६० मिनटमा फेस टू फेस मोबाइल मर्मतको सेवा पनि मेलामा पाइने छ । निशुल्क पार्किगंको व्यवस्था गरेको हबले अवलोकनकर्तालाई लक्की ड्रबाट आकर्षक उपहार बितरण गर्ने जानाकारी दिएको छ ।

मेलामा राखिएको गल्फमा ३ स्कोर गर्नेले मोबाइल किन्दा ५० प्रतिशत छुट पाउने छन् भने ४ स्कोर गर्नेले आफुले खरिद गरेको अर्को एउटा सामान सित्तैंमा पाउने छन् । मंसिर २० गते सुरु हुने मेला १५ दिनसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL