Logo

सिजीले भित्र्यायो ओरियन्ट ईलेक्ट्रोनिक्सका उत्पादन, गिजरदेखि फोन्टससम्म नेपाली बजारमा

सिजीले भित्र्यायो ओरियन्ट ईलेक्ट्रोनिक्सका उत्पादन, गिजरदेखि फोन्टससम्म नेपाली बजारमा



काठमाडौं । चौधरी समूह अन्तर्गतको सिजी इलेक्ट्रोनिक्सले ओरिएन्ट इलेक्ट्रिक उत्पादनहरु नेपाली बजारमा भित्र्याएको छ ।

कम्पनीले हालसालै एउटा मोडलको हिट कन्भेक्टर, ५ वटा मोडलको इलेक्ट्रिक गिजर, सात मोडलको एलईडी बल्ब, ६ वटा मोडलको एलइडी प्यानल लाइट र ११ वटा मोडलको एमसिबीहरु नेपाल भित्र्याएको हो ।

कम्पनीले भित्र्याएको हिट कन्भेक्टर एचसी २००३ डी मोडल जाडो समयमा कुनाको स्थानहरुमा पनि न्यानो बनाउन सहयोगी हुने कम्पनीले जानकारी दिएको छ ।

साथै उक्त रुम हिटरमा २ वटा हिटिंग पोजिसन र तापक्रम नियन्त्रण गर्ने बटन पनि राखिएको छ । उक्त रुम हिटर २ हजार वाटको हो जसको बजार मूल्य ५ हजार ४ सय ९१ रहेको छ ।

यस्तै कम्पनीले ल्याएको अर्को उत्पादन इलेक्ट्रिक गिजर औरा नियो १,३ रहेको छ जसको बजार मूल्य ६ हजार ९ सय ९४ रुपैयाँमा १ लिटर, र ७ हजार ९ सय ८९ रुपैयाँमा ३ लिटर क्षमतामा उपलब्ध छ ।

यस्तै कम्पनीले ल्याएको फोन्टस कडा तातोपानी आवश्यक पर्नेहरुलाई लक्षित गर्दै ल्याइएको उत्पादन हो । यो १० लिटर १५ लिटर र २५ लिटरको क्षमतामा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।

हरेक किसिमको वाथरुमहरुको लागि यो निकै उपयुक्त रहेको छ, जसमा निकै कम मात्रै मर्मत गर्नुपर्दछ र ५ स्टार उर्जा बचतको रेटिंग रहेको छ, जसले दैनिक वाथरुममा तातोपानीको प्रयोगलाई सहज बनाउँछ ।

यो उत्पादनको १० लिटरको १३ हजार ९ सय ८९ रुपैयाँ १५ लिटरको १५ हजार ६ सय ८४ र २५ लिटरको १६ हजार ९ सय ९५ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL