Logo

हस्तकला मेलामा डेढ करोडको ब्यापार, ७५ हजारले गरे अवलोकन

हस्तकला मेलामा डेढ करोडको ब्यापार, ७५ हजारले गरे अवलोकन



काठमाडौं । कार्तिक २८ गते देखि शुरु भएको १६औं हस्तकला ब्यापार मेला तथा १४औ प्रतियोगितात्मक हस्तकला प्रर्दशनीमा १ करोड ५० लाख रुपैयाँको कारोबार भएको छ ।

मेलाको तेस्रो दिन सम्म आईपुग्दा स्टलमा भएको प्रत्यक्ष बिक्रीको आधारमा डेढ करोड रुपैयाँको बिक्री भएको आयोजकले जानकारी दिएको छ । तेस्रो दिन सम्ममा आई पुग्दा करिब ७५ हजार जनाले मेला अवलोकन गरेको आयोजकको अनुमान रहेको छ ।

काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको सो मेलामा छालाका ज्याकेट, पश्मिना, मैनको मूर्ति, ढाका बुनाई, काष्ठकला, धातुकला, सुनचाँदी तथा फेल्टका सामानहरुको प्रर्दशनी भईरहेको छ ।

साथै उनी तथा सुती एवं ढाकाका सामान, पश्मिना, हाते कागजका सामान, छालाजन्य सामान, प्राकृतिक रेसा र वाँसका सामानहरु समेत प्रर्दशनीमा राखिएका छन ।

उक्त मेलाको अवसरमा १४औं हस्तकला प्रतियोगितामा सहभागि १५ जनालाई प्रमाणपत्र वितरण गर्ने तथा प्रथम हुनेलाई नगद ५० हजार पुरष्कार समेत प्रदान गरिने भएको छ ।

प्रतियोगिता भने ‘मैनको मूर्ति’ बनाउने र ‘ढाका बुनाई’ हुनेछन । कलाकार एवं समसामयिक विधा तर्फ संलग्न कालिगढहरुलाई संलग्न गराई प्रत्यक्ष रुपमा जीवन्त प्रदर्शनी गरी १४औ हस्तकला प्रतियोगिता संचालन भईरहेको छ । मेला मंसिर २ गते सम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL