Logo

लक्ष्मी समुहले भित्र्यायो एसएमएल ईसुजुको सवारी, आधिकारिक विक्रेतामा गोल्डफिस

लक्ष्मी समुहले भित्र्यायो एसएमएल ईसुजुको सवारी, आधिकारिक विक्रेतामा गोल्डफिस



काठमाडौं । भारतिय कम्पनी एसएमएल ईसुजुले लक्ष्मी समुह अन्तरगतको गोल्डफिस इन्टरनेशनल सँग साझेदारीको घोषणा गरेको छ ।

विहीबार एक कार्यक्रममा लक्ष्मी समुहअन्तरगत उक्त कम्पनीले अब नेपालमा एसएमएल ईसुजुका सवारीसाधनहरु विक्री गर्नका लागि कम्पनीसँग साझेदारी गरेको हो ।

अव गोल्डफिस ईन्टरनेशनल कम्पनी एसएमएल ईसुजुको आधिकारिक विक्रेता भएको छ । भारतिय कम्पनी ईसुजुले नेपालको बाटोको अवस्थालाई ध्यानमा राख्दै विभिन्न किसिमका आधुनिक बस, ट्रक, स्कुल बस, निजी बस, टिपरहरु ल्याएको जानकारी दिएको छ ।

कम्पनीले प्रारम्भिक चरणमा काठमाडौंमा एक थ्रीएस सेवा र एक टुएस सेवा सुविधा शुरु गर्न गईरहेको छ । त्यसैगरी पोखरामा एक थ्रीएस सुविधा, बनेपामा एक टुएस सुविधा, पाँचखालमा एक टुएस सुविधा र धादिङमा एक टुएस सुविधा शुरु गर्ने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले आगामी दिनमा उक्त सेवाहरु इटहरी, विदुर (त्रिशुली), दाङ, हेटौँडा, भैरहवा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढीमा शुरु गर्ने पनि जनाएको छ । कम्पनीले नेपालमा लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठलाई प्रमाण पत्र हस्तान्तरण गरेको हो ।

गोल्डफिश इन्टरनेशनलले उत्कृष्ट सेल्स र सर्भिस प्रदान गर्नका लागि नैकापको गुर्जुधारामा इसुजु फ्ल्यागसिप थ्रीएस सेन्टरको निर्माण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL