Logo

सिजीले ल्यायो जाडो लक्षित सामग्रीहरु बजारमा, ग्याँस गिजर देखि इलेक्ट्रीक वभन सम्म

सिजीले ल्यायो जाडो लक्षित सामग्रीहरु बजारमा, ग्याँस गिजर देखि इलेक्ट्रीक वभन सम्म



काठमाडौं । इलेक्ट्रोनिक ब्राण्ड सिजीले जाडोलाई लक्षितगरि विभिन्न किसिमका घरायसी सामाग्रीहरु बजारमा ल्याएको छ ।

सिजीले नेपाली बजारमा नुहाउनको लागि भनेर इलेक्ट्रीक तथा ग्याँस गिजर, वाटर डिस्पेन्सर बजारमा ल्याएको छ । साथै आफ्नो कोठालाई न्यानो बनाई राख्न विभिन्न प्रकारका रुम हिटरहरु समेत रहेका छन ।

त्यस्तै खानालाई क्षणिक समयमै तातो बनाउन इलेक्ट्रीक वभन तथा हटपट र केटलहरु रहेको सीजीले जानकारी दिएको छ । त्यस्तै तताईराखेको पानीलाई लामो समयसम्म तताईराख्न विभिन्न किसिमका भ्याकुम फ्ल्याक्सहरु समेत बजारमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL