Logo

पुष्प मेला अवलोकन गर्नेको भिड, ३ दिनमा ५० लाखको कारोबार

पुष्प मेला अवलोकन गर्नेको भिड, ३ दिनमा ५० लाखको कारोबार



काठमाडौं । बाह्रौँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी अवलोकन गर्नेको भिड लागेको छ । नजिकिँदै गरेको तिहारलाई लक्षित गरी आयोजना गरिएको मेलामा फूल किन्ने तथा अवलोकन गर्नेको भिड लागेको हो ।

मेला शुरु भएको तेस्रो दिनसम्ममा ३९ हजार जना भन्दा बढीले सो मेला भ्रमण गरेको आयोजकले जानकारी दिएको छ ।

आयोजकका अनुसार उक्त ३ दिनमा करिब ५० लाख रुपैंया बराबरको फूल बिक्री भएको छ । प्रदेश नं ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र पुष्प विकास केन्द्रको सहयोगमा बिहीबारदेखि फ्लोरीकल्चर एशोसिएसनले मेला आयोजना गरेको हो ।

चार दिनसम्म मेला सञ्चालन हुँदा ४५ लाख रुपैंया बराबरको कारोबार हुने अपेक्षा गरिए पनि ३ दिनमै ५० लाख बढीको कारोबार भए पछि आइतबार सम्ममा ६२ लाख रुपैयाँ बढीको कारोबार हुने आयोजकले जानकारी दिएको छ ।

प्रदर्शनीमा ४ सय ५० भन्दाबढी जातका फूलका ४८ वटा स्टल रहेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL