Logo

नयाँ घर निर्माण गर्दै हुनुहुन्छ ?, आयोजना हुँदैछ विल्डिङ एन्ड कन्स्ट्रक्सन एक्स्पो

नयाँ घर निर्माण गर्दै हुनुहुन्छ ?, आयोजना हुँदैछ विल्डिङ एन्ड कन्स्ट्रक्सन एक्स्पो



काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा ४ दिने विल्डिङ एन्ड कन्स्ट्रक्सन एक्स्पो २०७५ हुने भएको छ ।

भवन निर्माण तथा डिजाईन सम्बन्धि विभिन्न प्रकारका जानकारी दिने उद्देष्यले उक्त एक्स्पो आयोजना हुन लागेको मुख्य आयोजक युथ कम्युनिटी फर नेप्लिज, कन्ट्«याक्टर (वाइएसीएनसी) ले जानकारी दिएको छ ।

मंसिर ६ गतेदेखि ९ गतेसम्म चल्ने उक्त एक्स्पोमा इन्जिनियर, आर्किटेक्ट, डिजाईनर, निर्माण व्यवसायी, निर्माण सामग्री उत्पादक, बिक्रेतालगायत सरोकारवालाको उपस्थित हुने आयोजकले जानकारी दिएको छ । उक्त एक्स्पोको मुख्य उद्देष्य भने नविनतम प्रविधिको प्रयोग गरी सुरक्षित आवास निर्माण बारे एकै स्थानमा सम्पुर्ण जानकारी दिनु हो ।

मेलामा ल्यान्ड एन्ड हाउजिङ कम्पनी, पेन्ट्स, इन्टेरियर डिजाईनर, सिमेन्ट कम्पनी लगायत २ सयभन्दा बढी स्टल रहने आयोजकले जानकारी दिएको छ । यसका साथै उक्त मेलाको २ लाखभन्दा बढीले अवलोकन गर्ने मेला आयोजकले अनुमान लगाएको छ ।

मेलामा विभिन्न किसिमका सभा तथा सेमिनारको पनि आयोजना हुने बताइएको छ । उक्त सेमिनारहरुमा भवन निर्माण गर्दा कस्ता सामग्रीहरु गुणस्तरयुक्त हुन्छन, भवन निर्माण गर्दा के कस्ता प्रावधानहरु रहेका छन लगायतका सर्वसाधारणलाई जानकारी दिईने आयोजकको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL