Logo

शुक्रबार देखी काठमाडौंमा प्लाष्टिक मेला हुँदै, भारतबाट मात्रै ५० प्रतिशत सहभागि हुने

शुक्रबार देखी काठमाडौंमा प्लाष्टिक मेला हुँदै, भारतबाट मात्रै ५० प्रतिशत सहभागि हुने



काठमाडौं । प्लाष्ट नेपाल फाउण्डेशनले ‘प्लाष्ट नेपाल २०१८’ अन्तरराष्ट्रिय प्लाष्टिक मेला गर्ने भएको छ । अर्थ मन्त्री युवराज खतिवडाले उदघाटन गर्ने उक्त मेला यही असोज १९ गते देखी ३ दिनको लागि काठमाडौंको भृकुटी मण्डपमा हुने भएको छ ।

‘प्लाष्टिकलाई चिनौं’ भन्ने मुल नाराका साथ हुन लागेको यस मेलामा नेपालमा प्लाष्टिक उद्योग व्यवसायको प्रवद्र्धनसँगै उपभोक्ताहरुलाई गुणस्तरीय तथा सुलभ तरिकाले प्लाष्टिकजन्य वस्तुहरु उपलव्ध गराउन मेलाले सहयोग गर्ने आयोजकको अपेक्षा रहेको छ ।

साथै उपभोक्ताले नेपालमै निर्मित स्वदेशी उत्पादनको जानकारी पाउनेछन् भने उद्योगी व्यवसायीहरुले प्रविधि तथा कच्चा पदार्थका सम्बन्धका जानकारी पाउने छन ।

सो मेलामा अन्तरराष्ट्रिय स्तरबाट करिब १ सय २५ जना प्रदर्शक तथा प्रतिनिधिहरुको सहभागिता रहने छ भने ५० प्रतिशत भन्दा बढी प्रदर्शक भारतबाट आउने आयोजकले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL