Logo

स्टक क्लियरेन्स मेलामा दशैंको सामान किन्नेको भिड, ३ दिनमा ४० हजारले गरे अवलोकन

स्टक क्लियरेन्स मेलामा दशैंको सामान किन्नेको भिड, ३ दिनमा ४० हजारले गरे अवलोकन



काठमाडौं । दशैंमा सामान किन्न आउनेहरुको भिड भृकुटी मण्डपस्थित स्टक क्लियरेन्स एक्स्पोमा देखिएको छ । नजिकिँदै गरेको दशैंलाई लक्षित गरी सुरु गरिएको मेलामा उपभोग्य वस्तुका साथै लत्ता कपडा लगायतका वस्तुको खरिदमा सर्वसाधरणको भिड बढेको छ ।

दशैंका लागि सामग्री किन्न कता जाने भन्ने योजना बनाउनेहरुलाई एक्स्पोको आयोजकले एकै स्थानमा सुपथ मूल्यमा सामान उपलब्ध गराउन मेला आयोजना गरेको आयोजकले जानकारी दिएको छ । सोमबार सम्म चल्ने उक्त मेलामा शनिबार सम्ममा करिब ४० हजार जनाले मेलाको अवलोकन गरेको छ ।

राजधानीका साथै आसपासका उपभोक्तालाई लक्षित गर्दै स्वदेशी तथा विदेशी ब्राण्डका वस्तु तथा सेवाका ७२ वटा प्रदर्शनी तथा बिक्री केन्द्र मेलामा राखिएको छ । चाडपर्वका समयमा आयोजना हुने मेलाले आम उपभोक्तालाई धेरै सहज हुने विश्वास चेम्बर अफ कमर्शले लिएको छ । ‘दशैंको बेला सस्तो मेला’ भन्ने नारा सहित आयोजना गरिएको सो मेला सोमबार सम्म चल्नेछ ।

‘मेलामा कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स, मोटरसाइकल र होम अप्लाइन्सेजका ७२ स्टलहरु छन् । मेलामा बजारको तुलनामा सस्तोमा स्वदेशी तथा विदेशी ब्राण्डका सामान खरिद गर्न सकिन्छ ।’ इभेण्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजयसागर प्रधानले बताए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL