Logo

शिवम सिमेन्टको आईपीओ ९८० जना प्रभावितलाई, ८ लाख ४० हजारमा २ लाख कित्ता मात्र बिक्री

शिवम सिमेन्टको आईपीओ ९८० जना प्रभावितलाई, ८ लाख ४० हजारमा २ लाख कित्ता मात्र बिक्री



काठमाडौं । शिवम सिमेन्टले प्रभावितलाई निष्कासन गरेको प्राथमिक सेयर बाँडफाँड गरेको छ । आवेदन दिएका ९ सय ८० जना आवेदकलाई सेयर बाँडफाँड गरेको थियो ।

कम्पनीले स्थानीय प्रभावितका लागि कुल ८ लाख ४० हजार कित्ता प्राथमिक सेयर निष्काशन गरेको थियो । जसमध्ये २ लाख २ सय ४० कित्ता मात्र बिक्री भएको छ । कम्पनीले स्थानीय प्रभावितका लागि साउन १३ गतेदेखि भदौ ११ गतेसम्म प्रथम चरणको आवेदन खुला गरेको थियो ।

कम्पनीले बिक्री नभएमा बाँकी सेयर दोस्रो चरणमा सर्वसाधारणको लागि थप गरी बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता ४ सय रुपैयाँमा सेयर निष्काशन गर्ने भएको छ ।

कम्पनीले दोस्रो चरणमा २ अर्ब ३ करोड १९ लाख रुपैयाँ बराबरको ५० लाख ७९ हजार ७ सय ६० कित्ता सेयर निष्कासन गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL