Logo

नाडा अटो शोका स्किम : आन्तरिक भ्रमणदेखि विदेशको टुर, कुन सवारी किन्दा कुन देश भ्रमण ?

नाडा अटो शोका स्किम : आन्तरिक भ्रमणदेखि विदेशको टुर, कुन सवारी किन्दा कुन देश भ्रमण ?



काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा भइरहेको नेपाल अटोमोवाईल्स डिलर एशोसिएशन (नाडा) शो २०१८ मा विभिन्न कम्पनीहरुले दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे सवारीसाधन खरिद गर्ने ग्राहकहरुका लागि विभिन्न स्किमहरु ल्याएका छन । विभिन्न कम्पनीहरुले आफ्ना सवारीसाधनप्रतिको आकर्षण बढाउनका लागि आकर्षक उपहारका साथै विभिन्न स्किमहरु ल्याएका हुन ।

नाडामा विभिन्न कम्पनीका गाडी, मोटरसाईकल तथा स्कुटरमा यस्ता स्किमहरु रहेका छन । नाडा अटो शोमा आईएमएस मोटर्सले बिक्री प्रबद्र्धन गरेको साङयोङ कम्पनीका गाडीहरुको खरिदमा ५ लाखसम्मको छुट प्रदान गर्ने जानकारी दिएको छ । साथै नेपालमा ५८ लाख ९९ हजार देखि १ करोड २१ लाख ९९ हजार रुपैयाँसम्मका कार बिक्री गर्दै आएको कम्पनीले आफ्ना गाडीको खरिदमा २५ हजार सम्मको हेल्मेट, ग्लव्ज तथा अन्य एसेसरिजहरु फ्रीमा उपलब्ध गराउने भएको हो ।

साथै मोटरसाईकल कम्पनी एप्रिलीया र भेस्पाले पनि आफ्ना स्कुटरहरु सबैभन्दा पहिला बुक गर्ने ५ जना ग्राहकका लागि नेपालको पूर्व देखि पश्चिमसम्म घुमाउने योजना ल्याएको छ । कम्पनीले ४ लाखसम्म रुपैयाँको बाईक खरिदमा स्क्र्याच कार्डमा १ जोडीको लागि युरोपको होलिडे टुर, शतप्रतिशत क्यासव्याक र २ जना लक्की विनरहरुको लागि एप्रिलीयाको एस एक्स र आर एक्स बाईक पनि उपलब्ध गराउने जानकारी दिएको छ । यस्तै कम्पनीले आफ्ना स्कुटर तथा मोटरसाईकल खरिदकर्ताका लागि २३ हजारसम्मका विभिन्न एसेसरिजहरु फ्रिमा उपलब्ध गराउने तथा १० रुपैयाँसम्मको एक्सचेन्ज बोनस पनि उपलब्ध गराउने भएको छ ।

यस्तै अर्काे मोटरसाईकल कम्पनी रोयल इन्फील्डले भने आफ्ना बाईक खरिदकर्तालाई नगद छुट नदिई लेग गार्ड तथा हेलमेट फ्रिमा उपलब्ध गराउने भएको छ । साथै कम्पनीले आफ्ना बाईक खरिदकर्तालाई र्याफ्टिङको २ ओटा पास दिने बताएको छ ।

यस्तै सुजुकी मोटर्सले पनि आफ्ना ग्राहकलाई नाडा अवधिभर विभिन्न गिफ्टहरु दिएर आकर्षित गर्दै आएको छ । कम्पनीका अनुसार सुजुकीका गाडी खरिदकर्तालाई स्क्र्याच कार्ड उपलब्ध गराई जापान टुरमा लिने जानकारी दिएको छ ।

यसैगरी आइएमई अटोमोटिभ्सले भने आफ्ना युएम कम्पनीका बाईकहरु खरिदकर्तालाई थाईल्यान्ड टुर लैजाने भएको छ । साथै कम्पनीले बाईक खरिद गर्दा ५ हजार देखि ५५ हजार रुपैयाँसम्म क्यासव्याक उपलब्ध गराउँदै आएको छ ।um bike

विभिन्न कम्पनीहरुले आफ्ना ग्राहकको फाइनान्स सुविधाका लागि विभिन्न बैंक तथा वित्तीय संस्था टाईअप गरेका छन । नाडामा एभरेस्ट बैंक, माछापुच्छ्रे बैंक, जनता बैंकलगायतका बैंकहरुसँग टाईअप गरेर कम्तीमा ९ प्रतिशत ब्याजमै कर्ता उपलब्ध गराउँदै आएका छन् ।

साथै २० देखि ५० प्रतिशतको डाउनपेमेन्टमा सवारीसाधन खरिद गर्न सकिने गरी विभिन्न मोटर कम्पनीले बैंकसँग सहकार्य गरेका हुन । साथै प्रायजसो कम्पनीहरुले आ–आफ्नै सहकारीबाट पनि फाईनान्स सुविधा दिने गरी व्यबस्था मिलाएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL