Logo

मुक्तिनाथका लगानीकर्तालाई १८ प्रतिशत बोनस सेयर, चुक्ता पूँजी ३ अर्ब माथी

मुक्तिनाथका लगानीकर्तालाई १८ प्रतिशत बोनस सेयर, चुक्ता पूँजी ३ अर्ब माथी



काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना सेयरधनीलाई १८ दशमलव २५ प्रतिशत बोनस सेयर दिने भएको छ ।

बैंक संचालक समितिको बुधबार बसेको बैंठकले आफ्ना सेयरधनीलाई उक्त बोनस सेयर दिने प्रस्ताव गरेको हो । साथै बोनसको सेयरको कर प्रयोजनका लागि समेत शुन्य दशलमव ९६ प्रतिशत नगद लाभांस दिन भएको छ ।

मुक्तिनाथको चुक्ता पूँजी २ अर्ब ५९ करोड रुपैयाँ रहेको छ । यो बोनस सेयर वितरणसँगै बैंकको चुक्ता पूँजी ३ अर्ब ६ करोड रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षमा मुक्तिनाथले ५७ करोड रुपैयाँ नाफा गरेको थियो ।

बैंक संचालक समितिले गरेको सो प्रस्तावलाई नेपाल राष्ट्र बैंकको स्वीकृति पश्ताच साधारणसभाबाट पारित गराएर वितरण गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL