Logo

नाडा अटो शोकै महंगो मोटरसाईकल ‘हार्ली डेभिड्सन’ मा आकर्षण, यस्ता छन् विशेषता

नाडा अटो शोकै महंगो मोटरसाईकल ‘हार्ली डेभिड्सन’ मा आकर्षण, यस्ता छन् विशेषता



काठमाडौं । नाडा अटो शोमा राखिएको सबैभन्दा महंगो मोटरसाईकल ‘हार्ली डेभिड्सन’ मोटरसाईकल २ दिनमा ५ जनाले बुकिङ गरेको आईएमई मोटर्सले जानकारी दिएको छ । महंगो मानिएको उक्त मोटरसाईकलको नेपाली बजारमा मूल्य ४५ लाख ८५ हजार रहेको छ ।

आईएमई ग्रूप अन्तरगत आईएमई मोटर्सले नेपालमा बिक्री सुरु गरेको सो मोटरसाईक खरिदका लागि ५ जनाले नाम लेखाएको कम्पनीले जानकारी दिएको छ । । नाडा अटो शोको अबसरमा बुकिङ खुला गरिएको सो मोटरसाईकल खरिदका लागि डाउनपेमेन्टको सुविधा नरहेको कम्पनीका सहायक व्यबस्थापक उज्वल जोशीले जानकारी दिए ।

उनका अनुसार ४५ लाख ८५ हजार मूल्य रहेको उक्त मोटरसाईकल नाडा अवधिभर बुकिङमा भने ८५ हजार छुटमा मिल्नेछ । कम्पनीले यही महिनामात्रै नेपाल भित्र्याएको उक्त मोटरसाईकलको यही सेम्टेम्बरको अन्त्यसम्म काठमाडौंकै गैरीधारामा शोरुम खोल्ने योजना रहेको छ ।

८ सय ८३ सिसिको उक्त मोटरसाईकलको बुकिङ गरिसकेपछि केहि दिनमै शतप्रतिशत रकम भुक्तानी गरेर मोटरसाईकल लिन सकिनेछ । साथै कम्पनीले उक्त मोटरसाईकलका लागि विभिन्न बाणिज्य बैंकहरुसँग सहकार्यका लागि छलफल अघि बढाउन लागिएको जोशीले जानकारी दिए ।

कम्पनीले स्ट्यान्डर्ड चार्टड, माछापुच्छ्र्रे बैंक लगायतका बाणिज्य बैंकसँग छलफल गरिएको र उक्त बैंकहरुको सहमति पाएपछि ग्राहकलाई डाउनपेमेन्टमा उपलब्ध गराउने बताए । साथै उक्त बाईलाई नाडा अटो शो पश्चात छुट नरहेको पनि उनको भनाई छ ।

कम्पनीका अनुसार उक्त मोटरसाईकलले शहरी हाईवेमा ४ दशमलव ८ लिटर इन्धनले १ सय किलोमिटरसम्म माईलेज दिन्छ । यस्तै कम्पनीका अनुसार उक्त मोटरसाईकल कालो र खैरोलगायतका रङमा उपलब्ध छ ।

प्रतिक्रिया दिनुहोस्
MBL