Logo

बिम्स्टेक सम्मेलनका कारण सर्याे फर्निसिङ एक्स्पो, असोज ४ गतेबाट हुँदै

बिम्स्टेक सम्मेलनका कारण सर्याे फर्निसिङ एक्स्पो, असोज ४ गतेबाट हुँदै



काठमाडौं । फर्निचर तथा फर्निसिङ एक्स्पो हुने समय परिवर्तन भएको छ । भदौ १४ गतेदेखि हुने भनिएको उक्त एक्स्पोको समयमा बिम्स्टेक सम्मेलन हुने भएपछि एक्स्पोको समय परिवर्तन गरिएकोे आयोजक नेपाल फर्निचर तथा फर्निसिङ संघले जानकारी दिएको छ ।
परिवर्तन गरिएको हो । उक्त एक्स्पो अब असोज ४ गतेदेखि हुने भएको छ ।

संघका अनुसार बिम्स्टेक सम्मेलन भदौ १४ गतेदेखि काठमाण्डौंमा हुन लागेकाले फर्नेक्सको मिति परिवर्तन गरिएको हो । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को चौंथो शिखर सम्मेलन आगामी भदौ १४ र १५ गते काठमाडौंमा आयोजना हुँदैछ ।

किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायत सामग्री प्रदर्शनीको मुख्य आकर्षण रहने आयोजकले बताएको छ ।
यसैगरि कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै वास्तुसँग सम्बन्धित उत्पादन प्रदर्शनीको आकर्षण बन्ने आयोजकको भनाई छ ।
फर्निचर क्षेत्रको प्रविधि पनि अवलोकनकर्ताको मूख्य आकर्षण बन्ने आयोजकको अपेक्षा छ ।

५ दिन अर्थात असोज ४गतेसम्म चल्ले एक्स्पोमा स्वदेशी तथा विदेशी गरी १ सय बढी फर्निचर र फर्निसिङ सामग्रीका स्टल रहनेछन् ।
एक्स्पोमा सहभागि हुनका लागि हालसम्म ९० प्रतिशत स्टल बुकिङ भइसकेका छन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL