Logo

आइएमएस मोटर्सको साङयोङ–अन्बिटेबल डिस्काउन्ट अभियान, गाडी खरिदमा ५ लाख सम्म छुट

आइएमएस मोटर्सको साङयोङ–अन्बिटेबल डिस्काउन्ट अभियान, गाडी खरिदमा ५ लाख सम्म छुट



काठमाडौं । आईएमएस मोटर्सले यहि सोमबार देखी अन्बिटेबल डिस्काउन्ट अभियान सुरु गरेको छ ।

स्याङयोङ मोटर्सको नेपाल स्थित आधिकारिक विक्रेता एवं आईएमएस ग्रूप अन्तर्गतको आईएमएस मोटर्सले अभियान अबधिभर स्याङयोङ गाडीको खरिदमा ५ लाख रुपैयाँ म्म छुट दिने भएको छ ।

कम्पनीले कोरियन लक्जरी एसयुभी ब्राण्ड स्याङयोङले ग्राहकलाई सो अबधिभर एक्सचेन्ज सुविधा, फाइनान्सिङ, निशुल्क सर्भिसिङ तथा चालु आर्थिक बर्षको सवारी करमा छुट दिने भएको छ ।

आइएमएस मोटर्सको सेल्स एण्ड अपरेसनका प्रमुख प्रबन्धक सुदिप आचार्यले ग्राहकलाई सधैं सुविधा दिन तयार रहेको बताएका छन ।

साथै कम्पनीको नयाँ वित्तीय नीतिले अटोमोबाईलमा ४० प्रतिशतसम्मको अन्त शुल्क बढाएकाले यो अभियान सुरु गरेको आचार्यले बताए । आचार्यका अनुसार छुट साङयोङ गाडीको सिमित स्टकको पूर्व निर्धारित मूल्यमा लागु हुनेछ ।

कम्पनीले संसारभरी करिब १ हजार ६ सय ५८ बिक्रेता मार्फत १ सय २८ भन्दा बढी देशहरुमा निर्यात गरिरहेको छ । कम्पनिमा लक्जरी कारहरू, एसयूवीहरू, पिकअप ट्रक र एमपीभीहरु रहेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL