Logo

मोबाइलको मूल्य २० प्रतिशतले बढ्दै, अन्तशुल्क हटाउन व्यवसायीको लविङ

मोबाइलको मूल्य २० प्रतिशतले बढ्दै, अन्तशुल्क हटाउन व्यवसायीको लविङ



काठमाडौं । सरकारले आगामी आर्थिक बर्षको बजेटमार्फत मोबाइल आयातमा दिँदै आएको मूल्य अभिबृद्धि कर (भ्याट) छुटको खारेज गरेसँगै मोबाइलको मूल्य बढ्ने भएको छ । व्यवसायीलाई सहुलिय दिँदै आएको भ्याट छुट खारेजी र थप अन्तशुल्क लगाएसँगै मोबाइलको मूल्य बढ्ने निश्चित भएको नेपाल मोबाइल आयातकर्ता संघका अध्यक्ष दिपक मलहोत्राले बताए ।

यस अघि सरकारले मोबाईल आयातकर्तालाई सहुलियत स्वरुप भ्याट फिर्ता गर्दै आएको थियो । कुल भ्याटको मोबाइल आयात कर्ताले सहुलियत स्वरुप फिर्ता ५ दशमलव २ प्रतिशत हिस्सा फिर्ता पाउँदै आएका थिए । तर, सरकारले आगामी आबको लागि ल्याएको बजेटले भ्याटमा दिँइदै आएको सहुलियत खारेजीका साथै थप ५ प्रतिशत अन्तशुल्क लगाएपछि मोबाइलको मूल्य बढ्ने निश्चित भएको उनको तर्क थियो । ‘सरकारले भ्याट फिर्ता गरेको निर्णयलाई मोबाईल आयातकर्ता व्यवसायीहरुले सहर्ष स्वीकारेका छन्,’ उनले भने, ‘तर थप लगाइएको अन्त शुल्क खारेजीका लागि भने हामीले सरकारसँग माग गरिरहेका छौं ।’

हाल मोबाइल आयातकर्ताले पुरानै मूल्यमा मोबाइल बिक्री गर्दै आएको र सरकारले हाल लगाएको अन्तशुल्क खारेज नगरेमा स्वत मूल्य बढ्ने समेत उनको तर्क थियो । सरकारले बजेटमार्फत ल्याएको नयाँ व्यवस्था र अन्तरराष्ट्रिय बजारमा पछिल्लो समय डलर भाउ उच्च हूँदा मोबाइल आयातकर्ता व्यवसायीलाई मौजुदा मूल्यमा करिब १९ प्रतिशत बढि मूल्य बढ्न गएको समेत मलहोत्राले जानकारी दिए ।

सरकारले यस अघि कुल भ्याटमा छुट दिँदै आएको ५ दशमलव २ प्रतिशत खारेज गर्नुका साथै थप ५ प्रतिशत अन्तशुल्क लगाएको छ । साथै पछिल्लो समय डलर भाउ ७ देखि ८ प्रतिशतको हाराहारीमा बढेकाले अबका दिनमा मोबाइलको मूल्य बढ्ने निश्चित भएको हो । साथै यस अघि १ लाख रुपैयाँमा बिक्री गर्दै आएको मोबाइलको मूल्य १ लाख २५ हजार रुपैयाँसम्म पर्न सक्ने समेत उनले जानकरी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL