Logo

नेपाल हब्र्स आयुर्वेद एक्स्पो हुँदै, जडिवुटीदेखि हर्बलका कस्मेटिकसम्म पाईने

नेपाल हब्र्स आयुर्वेद एक्स्पो हुँदै, जडिवुटीदेखि हर्बलका कस्मेटिकसम्म पाईने



काठमाडौं । नेपाल हब्र्स तथा हर्बल उत्पादक संघले ‘सातौं नेपाल हब्र्स आयुर्वेद एक्स्पो, २०१८ आयोजना’ गर्ने भएको छ ।

अमृत जडीबुटी तपोभूमीको संकल्प प्रयोग गरौ, आरोग्य जीवनको विकल्प, स्वस्थ्य र सुखी नेपालीको चाहना, समृद्धिका लागि जडीबुटी उद्यम भन्ने मुल नारा सहित यही बैशाख २१ देखि २३ गते सम्म भृकुटीमण्डपमा ब्यापार मेला गर्न लागेको आयोजकले जानकारी दिएको छ ।
नेपाल उद्योग बाणिज्य महासंघ सँगको सह–आयोजक भएर अन्तरराष्ट्रिय ब्यापार मेलामा प्रर्दशनि गर्दै आएको उत्पादक संघले यस बर्षदेखि आफैंले मेला आयोजना गर्न लागेको आयोजकको भनाई रहेको छ । मेलामा अर्गानिक प्रमाणित जडीबुटी, कृषि उत्पादन, नेचुरल एग्रो प्रडक्टहरु, आर्युवेदिक औषधी र उपचार सेवा, सुगन्धित तेल, प्राकृतिक मह, यस क्षेत्रसँग सम्बन्धीत प्रसोधन गर्ने मेसिनरी, तथा टुल्सहरु, कस्मेटीक प्रडक्टहरु, होमियोपेथी, नेचुरल ट्रिटमेन्ट, वनस्पतिका बिरुवा ,बिजन, लगायतका स्टलहरु रहने छन् ।

मेलाको मुख्य आयोजक नेपाल हब्र्स एण्ड हर्वल प्रडक्टस एशोसिएशन (नेहपा) रहेको तथा नेपाल सरकार उद्योग बाणिज्य तथा आपूर्ती मन्त्रालय, बन तथा वातावरण मन्त्रालय सह आयोजक रहेको छ । साथै निकासी प्रबद्र्धन केन्द्र र जर्मन सहयोग नियोग (जिआईजेड) इन म्याप्स परियोजनाको समेत सहयोग रहेको आयोजकले जानकारी दिएका छन ।

३ दिन चल्ने मेलामा देशभरको करिब १ सय भन्दा बढी स्टल रहने जारी बिज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL