Logo

आर्थिक समृद्धिका लागि ‘इन्द्रावती महोत्सव’, पर्यटन प्रबर्दनमा जोड

आर्थिक समृद्धिका लागि ‘इन्द्रावती महोत्सव’, पर्यटन प्रबर्दनमा जोड



काठमाडौं । नयाँ वर्ष २०७५ को अवसरमा ‘आर्थिक समृद्धिका लागि इन्द्रावती गाउँपालिका महोत्सव’ हुने भएको छ ।

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाले स्थानीय स्रोत साधन, भौतिक विकास र संस्कृतिको संरक्षणसँगै पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने उदेश्यले इन्द्रावती गाउँपालिका महोत्सव आयोजना गर्न लागेको हो ।

वैशाख १ र २ गते नवलपुरमा गाउँपालिका भित्र रहको पर्यटकीय क्षेत्रको प्रवद्र्ध गर्ने लक्ष्यका साथ उक्त महोत्सव गर्न लागेको हो । गाउँपालिकाका प्रमुख वंशलाल तामाङले महोत्सवमा १२ वटै वडाको अध्यक्षको नेतृत्वमा विभिन्न साँस्कृतिक झाँकिसहित स्थानीय तहको मौलिक पहिचान झल्कने र आर्थिक समृद्धि ल्याउने प्रस्तुतीहरु राखिने बताएका छन ।

‘महोत्सवले गाउँपालिको पाँचवर्षिय योजना तथा ‘पार्शवचित्र’ बनाउन मद्दत पुग्ने छ । गाँउपालिकाको पर्यटकीय क्षेत्रको योजना तुर्जमाका लागि महोत्सव आयोजना गरीएको हो । स्थानीय कला संस्कृतिको संरक्षण, गाउँपालिकामा भएका प्रतिभाहरुलाई राष्ट्रियस्तरमा चिनाउने अभियान हो,’ गाउँपालिका अध्यक्ष तामाङले भने,‘महोत्सवले धार्मिक तथा पर्यटकीय क्षेत्रको राष्ट्रिय सञ्चार माध्यममा प्रचार प्रसार गर्नेछ ।’

गुफाँडाडामा प्याराग्लाडिङको सम्भाव्यता अध्ययन गर्दैछौं । यो पर्यटकको प्रमुख सम्भाव्यता हो । होमस्टको विषयमा छलफल गरेकाछौं । सम्भावनाहरु केलाएर विस्तृत योजना बनाउनका लागि पहिलो इन्द्रावति गाउँपालिका महोत्सव आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।
महोत्सवमा गाउँपालिकाको १२ वटै वडाका अध्यक्षहरुले आफ्नो वडाको मौलिक संस्कृति झल्कने साँस्कृतिक झाँकिसहित सहभागी हुनेछन । महोत्सवमा लोकगित प्रतियोगिताका साथै फुटबल खेलमा १२ वटै वडाका खेलाडिहरु सहभागी हुनेछन् । यस्ले इन्द्रावति च्याम्पियन टिम बन्ने छ । महोत्सवमा स्वास्थ्य शिविर, शैक्षिक मेलाको साथै स्थानीय उत्पादनको लागि छुटै प्रदर्शनी स्टलहरु रहने आयोजकले जनाएको छ ।
महोत्सवले नौलिङ महादेव मन्दिर प्रचार हुने आयोजकले जनाएको छ । गाउँपालिकाको वडा ९ स्थित रहेको रानी गुफा आफैमा ऐतिहासिक धार्मिक पर्यटकीय गुफा हो । यस्तै, गुफापानी यहाँको पर्यटकीय क्षेत्र रहेकाछन् ।

टोल टोलमा सहकारी सबै युवा रोजगारी
प्रत्येक टोल टोलमा सहकारी सञ्चालन गर्ने गाउँपालिकाले जनाएको छ । टोल टोलमा सहकारी सबै युवा रोजगारी भन्ने अभियान गाउँपालिकाले थालनि गरेको छ । कृषि समूहको नामबाट उक्त अभियान सञ्चालन गर्नेछन् । समूहको अवधारणमा सहकारी अभियान अगाडि बढेको गाउँपालिकाका अध्यक्ष तामाङको भनाई छ ।
सहकारीको माध्यमबाट आयआर्जन गर्दै आत्मनिर्भर गर्ने अवधारण गाउँपालिकाले तय गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL