Logo

आशा लघुवित्तको विशेष साधारण सभा सम्पन्न, सेयरधनीलाई १ः१ हकप्रद सेयर

आशा लघुवित्तको विशेष साधारण सभा सम्पन्न, सेयरधनीलाई १ः१ हकप्रद सेयर


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आशा लघुवित्तले १ बराबर १ को अनुपातमा हकप्रद सेयर बिक्री गर्ने भएको छ । आशाको विशेष साधारणसभाले आफ्ना सेयरधनीलाई १ बराबर १ को अनुपातमा हकप्रद सेयर बिक्री गर्ने निर्णय गरेको हो ।

आशा लघुवित्तको केन्द्रीय कार्यालयमा सम्पन्न विशेष साधारण सभाले हाल रहेको अधिकृत तथा जारी पूँजी १० करोड रुपैयाँलाई बृद्धि गरी २० करोड रुपैयाँ पुर्याउने निर्णय गरेको छ । प्रभु लाइफ इन्स्योरेन्सका अध्यक्ष रामबहादुर पाण्डेको प्रमुख आतित्थमा सम्पन्न साधारणसभाले हकप्रद जारीसँगै आशाको चुक्ता पूँजी १४ करोड पुर्याउने निर्णय समेत गरेको छ ।

फागुन मसान्तसम्ममा संस्थाको ग्राहक सदस्य २८ हजार ५ सय ३५ रहेको छ । सो अबधिसम्म कम्पनीले १ अर्ब १ करोड ४६ लाख रुपैयाँ कर्जा लगानी तथा १८ करोड २ लाख ९५ हजार रुपैयाँ बचत संकलन गरेको छ ।

हाल संस्थाले २३ जिल्लामा जम्मा ३६ वटा शाखा कार्यालयहरु मार्फत न्युन आय भएका तथा विपन्न वर्गका महिलाहरुलाई कर्जा प्रदान गर्दै आएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL