Logo

मिस नेपाल प्रतियोगीलाई यामाहाको सडक सुरक्षा सचेतना, दुर्घटनाको कारण सडक होइन संस्कृति हो

मिस नेपाल प्रतियोगीलाई यामाहाको सडक सुरक्षा सचेतना, दुर्घटनाको कारण सडक होइन संस्कृति हो


बिजखबर संवाददाता
0
Shares

काठमाडौँ । यामाहाले मिस नेपाल २०१८ का प्रतियोगीहरुका लागि सडक सुरक्षासम्बन्धी सचेतना कार्यक्रम गरेको छ ।

आइतबार भएको कार्यक्रममा नेपाल ट्राफिक प्रहरी र यामाहाका तालिमप्राप्त प्रशिक्षकले उनीहरुलाई सडक दुर्घटनाको कारण, न्यूनीकरण र रोकथामबारे जानकारी गराएका थिए । मिस नेपाल प्रतियोगीहरुलाई ट्राफिक प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनी र यामाहाका सर्टिफाइड प्रशिक्षक सन्तोष श्रेष्ठले सवारी चलाउँदा र यात्रा गर्दा अपनाउनुपर्ने सावधानी र दुर्घटनाबाट कसरी बच्ने भन्ने जानकारी गराएका हुन ।

‘सडक दुर्घटना नेपालको सडक फराकिलो नभएर वा फ्लाइओभर नभएर होइन । समस्या सडक संस्कृति नभएर हो,’ मरासिनीले भने, ‘काठमाडौंमाभन्दा पनि धेरै गुणा गाडी भएका सहरमा पनि राम्रो ट्राफिक व्यवस्थापन छ ।’ नेपालमा प्रत्येक वर्ष २ हजार जनाको सडक दुर्घटनामा मृत्यु हुने र अघिकांश दुर्घटना सवारी नियमको उल्लंघनबाट हुने बताएका छन ।

कार्यक्रममा प्रतियोगीलाई यामाहा सेफ राइडिङ साइन्स (वाइएसआरएस)को प्रयोगात्मक अभ्यास गराइएको थियो । प्रतियोगीहरुले शनिबार यामाहाको सामाजिक अभियानमा सहभागि भएका थिए । काठमाडौंका त्रिपुरेश्वर, थापाथली, जमल र बानेश्वरमा सवारीचालक र पैदलयात्रीलाई सडक सुरक्षा र ट्राफिक नियमबारे सन्देश दिँदै पैदलयात्रीलाई वायु प्रदुषणको प्रभावबाट बच्न मास्क वितरण गरेका छन ।

‘फेस अफ फेसिनो’ कन्टेस्टको सुरुवात

शनिबार नै ‘फेस अफ फेसिनो’ कन्टेस्टको औपचारिक सुरुवात गरिएको छ । २५ प्रतियोगीमध्ये एक जनालाई ‘फेस अफ फेसिनो’ टाइटल प्रदान गरिनेछ । यो टाइटलको विजेताको छनोट मिस नेपाल २०११ मलिना जोशी, प्रख्यात फेसन डिजाइनर मनिष राई र एमएडब्लुकी डाइरेक्टर तुलिका अग्रवालको निर्णायक टोली र फेसबुक तथा देशभरका यामाहा सोरुमबाट हुने पब्लिक भोटिङमार्फत् हुने जारी बिज्ञप्तीमा छ ।

भोटिङ चैतको २७ गते सम्म खुल्ला रहनेछ । साथै, ‘फेस अफ फेसिनो’को लागि भोटिङ गर्नेमध्ये एक जना भाग्यशाली भोटरले सामसुङको लेटेस्ट मोडेल एस ९ मोबाइल जित्न सक्नेछन् । यामाहाले मिस नेपाल २०१८ का विजेता र ‘फेस अफ फेसिनो’ का विजेतालाई एउटा–एउटा फेसिनो स्कुटर उपहारमा दिने यामाहाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL