Logo

सुजुकीको पहिलो रिटेल मिट सम्पन्न, १४० आउटलेट सहभागी

सुजुकीको पहिलो रिटेल मिट सम्पन्न, १४० आउटलेट सहभागी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सिजी मोटोकर्पको नेपालका लागि आधिकारीक विक्रेता सुजुकी फोर ह्विलर र सुजुकी अटोमोटिभ डिभिजनको पहिलो रिटेलर मिट काठमाडौंमा सम्पन्न भएको छ ।

रिटेल मिटमा मुलुकभरका १ सय ४० वटा आधिकारिक आउटलेटहरु सहभागी थिए । सुजुकीका रिटेलरहरुको क्षमता अभिवृद्धि तथा उनीहरुलाई विभिन्न किसिमका इन्सेन्टिभहरुको घोषणा गर्ने प्रमुख उद्धेश्य सहित सो कार्यक्रम आयोजना भएको थियो । त्यस क्रममा रिटेलरहरुले ब्यवसाय सम्वन्धी आफूलाई लागेको जिज्ञासा राखेको कम्पनीले जानकारी दिएको छ ।

सिजी मोटोकर्पले रिटेलर नेटवर्कवाट सुजुकी सर्भिस पार्टसका ग्राहकहरुमा सरल तरिकावाट उपलब्ध गराउँदै आएको छ ।

कार्यक्रममा सुजुकिका सर्भिस तथा स्पेयर्स पार्ट डिभिजनका डिजिएम श्याम श्रेष्ठले गुणस्तरीय पार्टको प्रयोग र त्यसका फाइदाबारे जानकारी गराएका थिए । देशभर छरिएका सुजुकिका रिटेलरकै कारण उपभोक्ताले सस्तो र सरलरुपमा गुणस्तरिय सामान पाउन सकेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL