Logo

अन्तरराष्ट्रिय व्यापार मेला २०१८ को तयारी अन्तिम चरणमा

अन्तरराष्ट्रिय व्यापार मेला २०१८ को तयारी अन्तिम चरणमा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल अन्तरराष्ट्रिय ब्यापार मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । नेपाल सरकार/ वाणिज्य मन्त्रालयको सहयोगमा ब्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रवद्र्धनमा नेपाल उद्योग वाणिज्य महासंघले सो मेला आयोजना गर्न लागेको हो । ३०० बढी स्टल रहने मेलामा स्वदेशी तथा बिदेशी वस्तु प्रदर्शन गरिने आयोजकले जानकारी दिएको छ ।

५ दिन सम्म चल्ने उक्त मेलामा सार्क राष्ट्रलगायत चीनको पनि सहभागिता रहने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

मेलामा एनटिआइएस प्रोडक्ट रहने साथै हस्तकला, पर्यटन, सुचना, कृषि उत्पादन, उर्जा, भवन तथा निर्माण सम्बन्धी शिक्षा, औषधी, फलाम तथा स्टीललगायत स्टल रहने छ । मेलामा विभिन्न देशबाट आउने प्रतिनिधीसंग भेटघाट तथा द्धिपक्षीय ब्यापार प्रवद्र्धन तथा लगानी बारे छलफल हुने बताएको छ ।

मेलाको करिब २ लाख अवलोकनकर्ताले अवलोकन गर्ने अनुमान आयोजकको छ । साथै मेलाबाट मुलुकको अर्थतन्त्रलाई माथी उठाउन सघाउ हुने अपेक्षा महासंघले लिएको छ ।

‘सोकेशिङ नेपाल एण्ड दी ग्लोब’ को मुख्य थिम्मा प्रत्येक वर्ष आयोजना हुँदै आएको नेपाल अन्तराष्ट्रिय ब्यापार मेलाको यो सातौ संस्करण मेला फागुन २४ देखी २८ सम्म भृकुटी मण्डपमा चल्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL