Logo

चैत २ देखि ‘मेड इन नेपाल’ एक्स्पो, स्टार्टअपका लागि सहयोगी

चैत २ देखि ‘मेड इन नेपाल’ एक्स्पो, स्टार्टअपका लागि सहयोगी


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाली युवा उद्यमी मञ्चले चैत २ गतेदेखि छैठौं ‘मेड इन नेपाल–बस्तु तथा सेवा प्रदर्शनी’ गर्ने भएको छ । मञ्चको आयोजना तथा राईजिङ नेपाल प्रालि र माईस ईन्टरनेशनको व्यवस्थापनमा हुन लागेको उक्त एक्स्पो ३ दिनसम्म चल्नेछ ।

नेपाली उद्यमीहरुद्वारा उत्पादित नेपाली बस्तु तथा सेवाहरुलाई प्रबद्र्धन गर्ने उद्देश्य अनुरुप गरिएको सो मेलाले नयाँ उद्यमीहरुलाई समेत अबसरको खोजी गर्न मार्ग प्रशस्त गर्ने मेलाका आयोजक समितिका अध्यक्ष सुर्दशन वस्नेतले जानकारी दिए । ‘यो एक्स्पो नेपालमा उत्पादित बस्तु तथा सेवाको प्रर्दशनी मात्र नभई नयाँ आविस्कारको आदनप्रदान तथा व्यवसायीहरुमा बस्तु साटासाट गर्ने अवसर पनि प्रदान हुनेछ,’ उनले भने, ‘जसले गर्दा व्यवसायीहरुलाई एकअर्कामा परिपुरक भएका व्यवस्था गर्ने मौका मिल्नेछ ।’

मेलामा ७७ वटै जिल्लामा विशेष खालका बस्तु तथा सेवाहरुको प्रदर्शनी हुनेछ । यसैगरी विभिन्न मौलिक किसिमिका परिकार तथा अन्य बस्तुहरुको समेत प्रदर्शनीमा राखिने छ ।

मेलामा १ सय ५० भन्दा बढी स्वदेशी प्रदर्शनीकर्ताले सहभागिता जनाउने आयोजकले जानकारी दिएको छ । जसमा स्वदेशी साना घरेलु उद्योगदेखि सिमेण्ट, छडलगायत ठूलो उद्योगहरुले समेत सहभागिता जनाउनेछन् ।

‘हाम्रो पनि राम्रो पनि’ भन्ने मुल नाराका साथ आयोजना गर्न लागिएको सो मेलामा गुणस्तरीय बस्तुहरुको प्रदर्शनी गरिने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL