Logo

एभरेष्टको ५१ प्रतिशत संस्थापक सेयर कायम गरेर मात्रै हकप्रद, १ः६ को अनुपात परिमार्जन हुने

एभरेष्टको ५१ प्रतिशत संस्थापक सेयर कायम गरेर मात्रै हकप्रद, १ः६ को अनुपात परिमार्जन हुने


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । एभरेष्ट इन्स्योरेन्सले ५१ प्रतिशत संस्थापक सेयर कायम गरेर मात्रै हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनी संचालक समितिको यही माघ १८ गतेको बैठकले उक्त निर्णय गरेको हो ।

साथै एभरेष्ट इन्स्योरेन्सले बीमा समितिले दिएको निर्देशन बमोजिम ५१ प्रतिशत संस्थापक सेयर कायम गरेर हकप्रद शेयर जारी गर्ने निर्णय गरेको विज्ञप्तीमार्फत उल्लेख गरेको छ । बीमा समितिले एभरेष्टलाई पुस २८ गते संस्थापक सेयरको हिस्सा ५१ प्रतिशत कायम गर्न निर्देशन दिएको थियो ।

सोही अनुरुप एभरेष्टले ५१ प्रतिशत संस्थापक सेयर कायम गरेर बीमा समितिको निर्देशन अनुरुप चुक्ता पूँजी पुर्याउन हकप्रद जारी गर्ने निर्णय गरेको छ । जसअनुसार कम्पनीले यस अघि घोषणा गरेको ६ सय प्रतिशत हकप्रद सेयर समेत परिमार्जन हुने जानकारी गराएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL