Logo

फर्निचर तथा फर्निसिङ महासंघको अध्यक्षमा गिरी

फर्निचर तथा फर्निसिङ महासंघको अध्यक्षमा गिरी


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको अध्यक्षमा भुपेन्द्र गिरी निर्वाचित भएका छन् । शनिबार राजधानीमा सम्पन्न तेश्रो वार्षिक साधारण सभा तथा दोश्रो अधिवेशनले गिरीको अध्यक्षतामा १९ सदस्यीय नयाँं कार्य समिति निर्वाचित गरेको हो ।

महासंघको प्रथम उपाध्यक्षमा सूर्य सुवेदी, द्धितीय उपाध्यक्षमा कृष्णप्रसाद ढकाल, तृतीय उपाध्यक्षमा सुजिल श्रेष्ठ सर्वसम्मत भएका छन् । यसैगरी महासचिवमा कविन्द्र जोशी, कोषाध्यक्षमा ओम दाहाल, सचिवमा गोकुल श्रेष्ठ, सहसचिवमा खगेन्द्र केसी सर्वसम्मत भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL