Logo

नेपाल लाइफको नाफा २ सय प्रतिशत बढ्यो, बीमा शुल्क आर्जनमा बृद्धि

नेपाल लाइफको नाफा २ सय प्रतिशत बढ्यो, बीमा शुल्क आर्जनमा बृद्धि


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो नाफामा उच्च बृद्धि गरेको छ । चालू आर्थिक बर्षको पहिलो ३ महिनामा कम्पनीले आफ्नो खुद नाफामा २ सय प्रतिशतले बृद्धि गरेको छ ।

कम्पनीले चालू आबको ३ महिनामा १७ करोड ७४ लाख रुपैयाँ नाफा कमाएको छ । गत आबको सोही अबधिमा यस्तो नाफा ५ करोड ८९ लाख रुपैयाँ मात्र थियो ।

सो अबधिमा कम्पनीले बीमा शुल्क आर्जनमा पनि उच्च बृद्धि गर्दै ३ अर्ब ८० करोड रुपैयाँ आर्जन गरेको छ । सोही अबधिमा कुल दावी भुक्तानी भने १ अर्ब २० करोड रुपैयाँ रहेको छ ।

हाल कम्पनीको चुक्ता पूँजी ३ अर्ब ९ करोड रुपैयाँ छ भने जगेडा कोषमा ४ अर्ब ८६ करोड रुपैयाँ जम्मा भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL