Logo

महिन्द्राको दुई नयाँ ट्रक सार्वजनिक, नेपालको माटो र बाटो सुहाउँदो

महिन्द्राको दुई नयाँ ट्रक सार्वजनिक, नेपालको माटो र बाटो सुहाउँदो


बिजखबर संवाददाता
0
Shares

 काठमाडौं ।  भक्तपूरमा एमभि दुगड ग्रुपले महिन्द्रा कमर्सियल गाडीहरुको ग्राहक मेला सम्पन्न  गरेको छ । साथै सो अबसरमा महिन्द्राको नयाँ दुई मोडेल अप्टिमो २.६ टिपर तथा अप्टिमो ३.३ ट्रक औपचारिक रुपमा सावर्जनिक गरेको छ । कार्यक्रममा हाल चालु रहेको मनसुन गोल्ड अफर अन्तरगत प्रत्येक गाडीहरुको खरीदमा १० ग्राम सुनको सिक्का उपलब्ध गराउने जानकारी गराइएको थियो ।
महिन्द्रा एण्ड महिन्द्रा कम्पनीेद्धारा उत्पादित लोडकिङ्ग अप्टिमो २.६ टिपर तथा अप्टिमो ३.३ ट्रक नेपालको बाटो र माटो दुवै सुहाउदो भएको महिन्दा एण्ड महिन्द्रा कम्पनीले जनाएको छ । भार बहन क्षमताको हिसाबमा अप्टिमो २.६ टिपर ४ टन तथा अप्टिमो ३.३ ट्रकको ५ टनसम्म बहन गर्ने क्षमता भएकोले नेपाली बजारको लागि अत्यन्तै उपयोगी हुने महिन्द्रा एण्ड महिन्द्रा कम्पनीलेद्धारा दावी गरिएको छ ।
कार्यक्रममा महिन्द्रा एण्ड महिन्द्राका तर्फबाट नेपाल प्रमुख चैतन्य कागलकर, बिक्री प्रमुख ढमिन्दर महलोत्रा तथा एम.भि. दुगड ग्रुपका तर्फबाट भाईस चेयरमेन एम.डी. विबेक दुगड लगायत ५०० भन्दा बढी व्यवसायी ग्राहक तथा वित्तिय संस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिती रहेको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL