Logo

मोरिस ग्यारेजको नयाँ एसयुभी नेपाली बजारमा, बजार मूल्य ६५ लाख

मोरिस ग्यारेजको नयाँ एसयुभी नेपाली बजारमा, बजार मूल्य ६५ लाख


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । वेलायती मोटर निर्माता कम्पनी मोरिस ग्यारेजले आफ्नो नयाँ एसयुभी कार नेपाली बजारमा सार्वजनिक गरेको छ । मोरिसले एसयुभी सेग्मेन्टका विभिन्न मोडलहरु नेपाली बजारमा भित्राएको छ ।

कम्पनीले यूरो ५ मापदण्डबाट प्रमाणित र त्यस अनुसारनै युरोप स्याण्र्डड भएको कारहरु नेपाली बजारमा ल्याएको हो । मोरिसले १५०० सिसि टर्वो, जुन १६७ एचपि र २५० टर्वो भएको तथा २००० सिसि टर्वो एडब्लूडी जुन २२० एचपि र ३५० टर्वो भएको शक्तिशालि एसयुभी गाडी नेपाली बजारमा ल्याएको हो । सो गाडीलाई नेपाल स्थित आधिकारिक विक्रेता एसएलआर टेक्नोलोजी एण्ड ट्रडले ल्याएको हो ।

विश्व बजारमा स्थापित रहन सफल यस व्राण्डका गाडीहरु नेपालको भुगोल सुहाउदो भएकाले यसलाई नेपालीहरुले अत्याधिक मन पराउने एसएलआरका संचालक श्रेया शाक्यले बताए । एमजी जीएस मोडालका गाडी बजार मूल्य ६५ लाख रुपैयाँभन्दा माथी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL